नयाँ दिल्ली– गुरुग्रामको प्रतिष्ठित स्कुलमा दोस्रो कक्षामा पढ्ने एक छात्रको हत्या भएको मुद्धा शान्त हुन नपाउँदै भारतीय राजधानी नयाँ दिल्लीमा अर्को अपराधिक घटना भएको छ।
दिल्लीको एउटा स्कुलमा नर्सरीमा पढ्ने छात्रा बलात्कारको सिकार भएकी छिन्। पूर्वी दिल्लीको गान्धी नगरस्थित टेगोर पब्लिक स्कुलमा नर्सरीमा पढ्ने बालिकामाथि सोच्दा पनि शरीर काम्ने घटना भएको छ। पाँच वर्षीय बालिकालाई बलात्कार गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको बताएको छ। अनुसन्धानमा आरोपी त्यही स्कुलमा शिक्षकका लागि खाना पकाउने काम गथ्र्यो। प्रहरीले घटना स्कुलमै भएको बताएको छ। स्कुलबाट घर फर्किने क्रममा बालिकाको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि बच्चीको आमा–बुवाले प्रहरीलाई खबर गरेका थिए। बलात्कृत बालिकालाई अस्पतालमा भर्ती गरिएको छ।
गत शुक्रबार मात्र गुरुग्रामको रेयान इन्टरनेशनल स्कुलको दोस्रो कक्षामा पढ्ने बालकलाई त्यही स्कुलको बस कन्डेक्टरले जबरदस्ती गर्ने प्रयास गरेका थिए। तर, बालकले विरोध गरेपछि उनको निर्मतापूर्वक हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।