इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई बारम्बार धम्की दिइरहेका छन्।
आज दिउँसो १ बजेको समयमा फोन गरेरै उनले परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेको भन्दै धम्की दिए। उनले ‘तेरो नाकको हड्डी भाँचिदिन्छु’ भन्दै त्यसको लागि मान्छे पारिचालन गरिसकेको धम्की दिएका थिए।
त्यसको करिब ५ घण्टापछि अनुपमलाई फोन गरी चौधरीले आफ्नो सुरक्षा गर्न आग्रह गरेका हुन्।
आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता डिक्टेट स्वभावको हुने बताएका छन्। ६ मिनेट लामो कुराकानीमा उनले आफूले सुपारी दिइसकेकोले सुरक्षित हुन दबाब दिएका हुन्।
‘सक्छौ भने आफ्नो सुरक्षा गर। सुपारी दिइसकेको छु,’ उनले भनेका छन्, ‘मेरो सामाजिक मर्यादा र राजनैतीक करियरको क्षतिपूर्ति कसले दिन्छ? म र केपी ओलीलाई यो देशमा कसैले कारबाही गर्नु एउटै हो। अब तिमीलाई माफ गर्दिन म’, उनले थप भनेका छन्, ‘यस्ता पत्रुकारको कुरा म जान्दछु। तिमी आफ्नो सुरक्षा गर। अहिले आफू नेपालगञ्जमा छु। सक्छौ भने आएर देखाऊ भाइ।’
यो पनि पढ्नुहोस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।