• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

किन भएन निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई बजेट विनियोजन?

64x64
उत्तम काप्री आइतबार, जेठ १९, २०७६  १६:१६
1140x725

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण प्रस्तुत गर्दै देशको हवाई क्षेत्र सुधारका लागि १५ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरे। तर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका हकमा भने निर्माण प्रक्रिया थालनी गर्ने मात्र उल्लेख गरे। 

बजेटमा अहिले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै २४ घन्टा सञ्चालन गर्नेदेखि उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक विमानस्थल निर्माण गर्ने विषय उल्लेख छ। 

साथै बजेटमा निर्माण अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि ३ अर्ब ३४ करोड र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि ८ अर्ब रुपैयाँ विनियोजन भएको छ।

यसैगरी, बजेटमा आन्तरिक विमानस्थलहरुको स्तरोन्नतिदेखि नयाँ विमानस्थल निर्माणको विषय उल्लेख छ। 

तर, चालु आवमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालनी गर्ने भन्दै बजेट ल्याएका खतिवडाले नै यसपटक बजेटमा भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रकम विनियोजन गरेनन्। चालु आवका लागि खतिवडाले नै १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेका थिए।

चालु आवमै निर्माण थालनी गर्ने भन्दै बजेट विनियोजन भएको विषयभन्दा पछाडि हटेर खतिवडाले आगामी आवको बजेटमा विमानस्थल निर्माणको पूर्व तयारीको कार्य अगाडि बढाउने उल्लेख गरे। योसँगै के सरकारका निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबाट पछाडि हट्न खोजेको हो भन्ने प्रश्न खडा भएको छ।

किन भएन बजेट विनियोजन?
सरकारले गत चैतमा गरेको लगानी सम्मेलनमा प्रस्तुत गरेको लगानीयोग्य आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि समावेश गरको थियो। लगानी सम्मेलनअघि नै कतारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चासो देखाएको थियो। लगानी बोर्डले लगानी सम्मेलनमा विमानस्थल निर्माणमा झन्डै ४ खर्ब रुपैयाँ लाग्ने भन्दै खाका प्रस्तुत समेत गरेको थियो। तर, सम्मेलनपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ४ वटा कम्पनीले चासो देखाएपनि बोर्ड विवरण भने सार्वजनिक गरेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

लगानी सम्मेलनअघि नै कतारसँग ’बुट मोडल’मा निर्माण सम्झौता मस्यौदा आदानप्रदान भइसकेको थियो। मस्यौदा आदानप्रदान भएको विषयमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले विमानस्थल निमार्णका लागि दुई देशबीच प्रस्ताव आदानप्रदान भएको बताएका थिए।

कतारले विमानस्थल निर्माणमा चासो देखाएपछि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री खतिवडा र पर्यटनमन्त्री अधिकारीबीच छलफल पनि भएको थियो।

‘प्रस्तावको मस्यौदामा छलफल सुरु भएको छ। बुट मोडलमा विमानस्थल निर्माण गर्ने गरी सरकारले कतारको प्रस्तावको स्वागत गर्दै आफ्नो प्रस्ताव पठाएको मन्त्री अधिकारीले भनाई थियो।

कतारले विमानस्थल निर्माणमा चासो देखाउँदै दूतावासमार्फत् प्रस्ताव पेस गरेको थियो। कतारको प्रस्ताव आएपछि मन्त्रालयले पनि विमानस्थल निर्माणको विषयमा आफ्नो धारणासहित दूतावासमार्फत् नै पठाएको थियो। कतारले कम्तीमा ३० वर्षका लागि निजगढ विमानस्थल निर्माण र सञ्चालन गर्ने गरी काम गर्ने प्रस्ताव माग गरेको थियो। कतारले विमानस्थल निर्माणमा चासो देखाएपछि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री खतिवडा र पर्यटनमन्त्री अधिकारीबीच तत्कालीन समयमा छलफल पनि भएको थियो।

यसरी निमार्ण प्रक्रिया अघि बढेको विमानस्थललाई बजेट विनियोजन नभएपछि जनताले चासो राख्नु पनि स्वभाविक नै हो। संसद्‍मा बजेटमाथिको छलफलमा समेत सांसद प्रदीप यादव विमानस्थल निर्माणका विषयमा बजेट किन विनियोजन नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न राखेका थिए।

बुट मोडलमा विमानस्थल निर्माण गर्ने विषयमा छलफल भइरहेकाले बजेटमा यसका लागि रकम विनियोजन नभएको हो।

तर, सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि बजेट विनियोजन नगर्नुको कारण विमानस्थल निर्माण कार्य स्थगित गर्ने तयारी नभएको बताइएको छ।

हवाई क्षेत्रको नियमन तथा विमानस्थल निर्माण गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले निजगढ विमानस्थल निर्माणका लागि बजेट विनियोजन नभएकाले विमानस्थल निर्माण नै नहुने हो कि भन्ने विषयमा शंका गर्नु नपर्ने बताए।

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम प्राथमिकताको साथ अगाडि बढाएको छ। ढिलो चाँडो विमानस्थल निर्माणको काम थालनी हुने उनको भनाइ छ।

तर, किन बजेट विनियोजन भएन भन्ने हाम्रो प्रश्नमा पोखरेलले भने, 'यो आयोजना अहिले लगानी बोर्डले समेत हेरिरहेको छ। लगानी बोर्डले विमानस्थल निर्माणका लागि इच्छुक विदेशी कम्पनीहरुसँग आशय पत्र समेत माग्ने तयारी गरिरहेको छ,' पोखरेलले भने, ‘बुट मोडलमा विमानस्थल निर्माण गर्ने विषयमा छलफल भइरहेकाले बजेटमा यसका लागि रकम विनियोजन नभएको हो। बुट मोडलमै विमानस्थल निर्माण गर्ने हो भने तत्काल नै विमानस्थल निर्माणका लागि ठुलो रकम विनियोजन आवश्यक पनि पर्दैन।’

विमानस्थल निर्माणको प्रक्रिया पूरा गर्न आवश्यक रकम प्राधिकरणले अभाव हुन पनि नदिने उनको भनाइ छ।

विदेशी लगानीकर्तामार्फत् बुट मोडलमै विमानस्थल निर्माण गर्ने हो भने सरकारको ठुलो रकम पनि खर्च नहुने उनको भनाइ छ।

विमानस्थल ८० वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण हुनेछ। त्यसमा पनि ११० बिघा जग्गाको मात्रै मुआब्जा दिए पुग्छ। ५५ प्रतिशत जग्गाको मुआब्जा वितरण भइसकेको छ भने बाँकी जग्गाको मुआब्जा वितरण र 'टागियाँ बस्ती' स्थान्तरणको काममा केही रकम खर्च हुने उनको भनाइ छ। विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिर्पोट (इआइए) समेत स्वीकृत भइसकेको छ।

कोरियाली कम्पनी एलएमडब्लुले गरेको विस्तृत अध्ययन रिर्पोट (डिपिआर) पनि सरकारले ग्रहण गरिसकेको छ। तर, डिपिआर तयार पार्ने कम्पनीले पाउने रकमका विषयमा भने विवाद नमिलेको बताइएको छ। यी सबै अवस्थालाई हेरेर विमानस्थल निर्माणको लागि बजेटमा रकम विनियोजन नभएको पोखरेलको भनाइ छ। 

प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना बिहीबार, वैशाख ३१, २०८३
एमालेको प्रश्न– प्रधानमन्त्री सदनमा नआएर फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ? बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्