काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिलाई लिएर बिहीबारको बैठकमा पनि प्रश्न गरेको छ ।
बिहीबारको संसद बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा उपस्थित नभएर प्रधानमन्त्री फेरि पनि सुकुम्बारी बस्तीमा डोजर लगाउँदै हो ? भन्ने प्रश्न गरे ।
‘प्रधानमन्त्री ज्यूले काम गरिरहनुभएको छ । त्यसबारेमा थाहा पाउनुपर्छ । यहाँ आउन नपाएर के फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ? यहाँ आउन नपाएर ?,’ महरले भने ।
संसदमा नियमावलीको भन्दा नियतको प्रश्न रहेको उनले बताए । प्रधानमन्त्रीले पटकपटक संसदलाई उपेक्षा गरेको र हुर्मत लिएको उनको आरोप छ।
‘अनुहार हेर्नको लागि होइन, लोकतान्त्रिक न्यायिक र कानुन सम्मत माग हो । कुरा नियमावलीको होइन नियतको हो । कुन नियत प्रधानमन्त्रीले राख्नुभएको छ भन्ने कुरा हो । कहिले राष्ट्रपतिको अपमान गर्ने कहिले संसदको । जवाफ नदिने ?,’ महरले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।