• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पिँजडा जस्तो मतगणना स्थल 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  १३:२६
1140x725

छिटपुट घटनाबाहेक प्रदेश र प्रतिनिधिसभाको मतदान जति सहज देखियो, त्यति नै असहज र अशोभनीय देखियो मतगणना स्थल।

मतगणना स्थललाई सुरक्षा दिने नाममा सुरक्षा अधिकारी र निर्वाचन आयोगले राजनीतिक दलका नेता-कार्यकर्तामाथि हदैसम्मको असभ्य व्यवहार प्रदर्शन गरे।

स्थानीय तहको निर्वाचनमा चितवनमा मतपत्र च्यातिएको एउटा घटनाबाट सुरक्षा निकाय र आयोग यति आतंकित देखिए, मतगणना स्थललाई सुरक्षा निकायका ड्युटी पोस्ट जस्तै बनाएर काँडेतारले छेकबार गरियो। 

सुरक्षा बैठकमा मतगणना स्थलमा काँडेतार लगाउने कुरा उठ्दा अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले प्रहरी अधिकृतहरुको भनाइमै सहमति जनाए। कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारी र सैनिक अधिकृतहरु भने गणना स्थलमा काँडेतारको छेकबार लगाउने विषयमा सहमत थिएनन्। सुरक्षाका अन्य उपाय खोज्न उपयुक्त हुने उनीहरुको धारणा थियो। 

सर्वदलीय बैठकमा मतगणनाको सुरक्षा व्यवस्थाबारे पार्टीका नेताहरुलाई विश्वासमा लिएर उनीहरुले काँडेतारबिनै सिसिटिभी क्यामेरा र समान्य डेस्कबेन्चको छेकबार लगाएर मतगणना गराए र सफलतापूर्वक सम्पन्न गराए। 

मतगणना स्थल सुरक्षित राख्ने दायित्वलाई पूरा गर्ने नाममा सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण नगरी हचुवाको भरमा स्थललाई पिँजडा जस्तो बनाउनैपर्ने अवस्था थियो त? अहिलेको हाइटेक दुनियाँमा मतगणना स्थललाई सुरक्षित पार्ने अन्य कुनै विकल्प नभएकै हो? यी र यस्ता प्रश्नमाथि बहस र विवेचना हुन आवश्यक छ।

पदीय मर्यादालाई लत्याउँदै अधिकांश सुरक्षा अधिकारी रातदिन प्रमुख नेताको चाकडी र चाप्लुसीमा लाग्ने र उनैको आशीर्वादबाट मात्रै प्रमोसन हुन्छ र मालदार ठाउँमा पोस्टिङ हुन्छ भन्ने मान्यता राख्छन्। तिनै सुरक्षा अधिकारीले राजनीतिक दल र त्यसका कार्यकर्तालाई उद्दण्ड, अराजक मात्रै होइन, एउटा अभियुक्तलाई जस्तो तल्लो स्तरमा उत्रिएर व्यवहार गर्दासमेत कुनै राजनीतिक दल र त्यसका नेताहरुले त्यसको प्रतिवादसम्म नगर्नु अचम्मलाग्दो छ।

पटकपटक मन्त्री भएका व्यक्तिसमेत निरीह भएर तारजाली बाहिरबाटै उभिएर कर्मचारीहरुले मतपत्र गणना गरेर हेर्न विवश देखिए। तर, यस्तो अवस्था देखिनु विधिको शासन, लोकतन्त्र र मानवअधिकारका अनुयायी सबैका लागि लज्जाको विषय हो।

Ncell 2
Ncell 2
nimb
nimb

मतगणना स्थलको अनुगमन गरेका राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक मुरारी खरेल भन्छन्, 'मतगणना स्थल र त्यसको सुरक्षाका लागि गरिएको काँडेतारसहितको छेकबारले नेपालीहरु असभ्य र अराजक छन् भन्ने सन्देश गएको छ।'

यस्ता घटनाले सुरक्षा निकायले दलका कार्यकर्ताहरुलाई कतिसम्म अविश्वास गर्छन् भन्ने पनि प्रस्ट देखिएको छ।

मतगणना स्थललाई सुरक्षित राख्ने अन्य विकल्पतर्फ विचार नै नगरी काँडेतारको छेकबारलाई मात्रै विकल्प देख्ने सुरक्षा निकायहरुले शैली र व्यवहारले अन्तर्राष्ट्रिय क्षेत्रमा नराम्रो सन्देश गएको खरेल बताउँछन्।

निर्देशक खरेल मात्रै होइन, सुरक्षाविज्ञ नेपाली सेनाका पूर्व सहायक रथी सुरेश शर्माले पनि सुरक्षाका नाममा मतगणना स्थललाई काँडेतारको छेकबार गरेको दलका नेता तथा कार्यकर्ताहरुले तारबारबाहिर उभिएर मतगणना भइरहेको हरेका तस्बिर र दृश्यले गलत सन्देश दिएको बताए। मतगणना स्थलको सुरक्षा र मतगणना स्थललाई सभ्य र मर्यादित गराउने अन्य वैकल्पिक उपायहरु अपनाउनेतर्फ ध्यान नदिँदा यस्तो अवस्था आएको शर्मा बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानवअधिकार, विधिको शासन र आवधिक निर्वाचनप्रति विश्वास गर्ने दलहरुले पनि आफ्ना कार्यकर्तालाई अनुशासित र मर्यादित गराउने, कानुनविपरीत काम गर्नेहरुलाई पार्टीबाटै कारबाही गर्ने र कानुन बमोजिम कारबाही गर्न राज्यका निकायहरुलाई सहयोग गर्नेभन्दा पनि अराजक कार्यकर्तालाई प्रोत्साहन गर्ने कार्य हुँदै आएको छ।

त्यस्ता गतिविधिलाई निरुत्साहित गर्नेभन्दा पनि राज्यका निकायहरुमा सेटिङ मिलाएर कानुनी रुपमै उन्मुक्ति दिने, अराजक र डनहरुलाई च्याप्ने र उनीहरुकै सहारामा चुनाव जित्न सकिन्छ भन्ने मानसिकताका नत्याग्दासम्म यस्ता अशोभनीय दृश्य देख्नुपर्ने अवस्था भने कायमै रहनेछ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्