काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको उडान आजदेखि ठप्प पारेका छन्।
गत जेठ ३ गते वैदेशिक रोजगार व्यवसायीहरुले बृहत् भेला गरी सरकारसामु ५ बुँदे माग सरेका थिए। माग पूरा नभएको भन्दै उनीहरुले कामदारको उडान ठप्प पारेका हुन्।
संघका वर्तमान महासचिव नरेश गेलालले वैदेशिक रोजगारीमा जाने कामदारहरुको हवाई टिकट काट्न बन्द गरेको बताएका छन्।
‘टिकट बन्द गरेपछि रोगारीमा कामदार जान पनि ठप्प पार्छौं, हाम्रो एक हप्ताको सर्कुलर हो,' महासचिव गेलालले भने, एक हप्तासम्म पनि माग पूरा नभए अनिश्चितकालीन उडान ठप्प गर्न व्यवसायीहरु बाध्य हुन्छौं।'

आफूले राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था सरकारले गर्नुपर्ने, मर्जर हुने म्यानपावर कम्पनीहरूलाई उपयुक्त सुविधाको व्यवस्था गर्नुपर्ने लगायतको माग व्यवसायीहरुले राखेका छन्।
त्यस्तै, मलेसिया रोजगारी सुचारु गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गरी नयाँ कामदार पठाउनुपर्ने लगायत संघले ५ बुँदे माग अघि सारेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।