काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्।
लामिछानेको निजी सचिवालयका अनुसार उनी आजदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।
लामिछाने धनगढी हुँदै भारत जाने र तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।