काठमाडौं– पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।
३० वर्षीय ओपनर फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र १३ अर्धशतक प्रहार गरेका छन्।
समग्र टी–२० क्रिकेटमा १८६ खेल खेलेका उनले नौ शतकसहित ५ हजार ७७५ रन जोडेका छन्।
कर्णालीले यसअघि पाकिस्तानका हुसेन तलत तथा बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई टोलीमा भित्र्याइसकेको छ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।