काठमाडौ- भारतका पूर्व विदेश सचिव एस जयंशकरले विदेश मन्त्रालयको जिम्मेवारी पाएका छन्। भारतकै इतिहासमा लामो समय विदेश सचिव रहेका काम गरेका उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो क्याबिनेटमा महत्वपूर्ण जिम्मेवारी दिएका हुन्।
जयशंकरले चीन, अमेरिका लगायतका देशमा राजदूतका रुपमा समेत काम गरेका थिए।
नेपालमा भने उनलाई भारतीय नाकाबन्दीको एकजना योजनाकारका रुपमा लिइन्छ। नेपालमा ४ वर्षअघि नयाँ संविधान जारी गर्ने अन्तिम तयारीमा नेपाली नेता रहेका बेला मोदीको विशेष दूतका रुपमा जयशंकर काठमाडौं आएका थिए। उनले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई भेटेर संविधान रोक्न दबाब दिएका थिए।
यो पनि : नेपालमाथिको नाकाबन्दीका डिजाइनरलाई मन्त्री पद उपहार!
त्यस्तै, मोदीले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई पनि महत्पूर्ण जिम्मेवारी दिएका छन्। शाहले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि राजनाथ सिंह गृहमन्त्री थिए। उनलाई यसपालि रक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।