काठमाडौं- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा दुई दिवसीय सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको छ।
गोष्ठीको उद्घाटन भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेकी हुन्।
उद्घाटन सत्रलाई संबोधन गर्दै मन्त्री अर्यालले बचत ऋण सहकारी व्यवस्थापनका लागि सहकारी ऐन, सहकारी नियमावली र आर्थिक बर्ष २०७६/७७ को बजेट सहकारीमैत्री रहेको धारणा राख्दै सरकार सहकारी क्षेत्रसँग साझेदारी गरेर अगाडि बढिरहेको बताएकी छन्।
बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनका लागि छिट्टै बचत ऋण सहकारी ऐन ल्याउने पनि मन्त्री अर्यालको भनाई थियो।
उनले सहकारी मन्त्रालय र विभागको साझेदारीमा नेफ्स्कूनले बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गरिरहेको र अब नेफ्स्कूनसँग जोडिएका बचत तथा ऋण सहकारी संस्थाहरु स्वयं बढी जिम्मेवार रहनुपर्ने मन्त्री अर्यालले धारणा राखिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।