काठमाडौं- चालू आर्थिक वर्षका लागि सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य राखेको थियो। तर आर्थिक वृद्धिदर ६ दशमलव ८ प्रतिशत बराबर मात्रै पुग्ने केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको छ।
आखिर किन कायम हुन सकेन ८ प्रतिशतले आर्थिक वृद्धिदर?
अर्थमन्त्री डा युवराज खतिवडाले त्यसको कारण मेलम्ची खानेपानी आयोजना र तामाकोशी जलविद्युत आयोजना भएको बताएका छन्।
यी दुबै आयोजना निर्माण सम्पन्न हुन नसक्दा आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुने नसकेको उनले बताए।
आगामी आर्थिक वर्षका लागि बुधबार विनियोजन भएको बजेटका बारेमा थप जानकारी दिने उद्देश्य आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपानी आयोजना र तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुन नसक्दा आर्थि वृद्धिदर ८ प्रतिशत हासिल हुन नसकेको बताएका हुन।
आगामी आर्थिक वर्षका लागि सरकारले ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदरको आधार पनि तामाकोशी र मेलम्ची नै रहेको अर्थमन्त्री खतिवडा बचाउँछन्।
यद्यपि आगामी आर्थिक वर्षमा पनि आयोजनाहरु सम्पन्न हुन सकेनन् भने सरकारको आर्थिक वृद्धिदरको लक्ष्य पनि तुहिने भने अवश्यम्भावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।