काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि आफूले २ धारको बजेट ल्याएको बताएका छन्।
अर्थमन्त्री खतिवडाले तत्कालका आवश्यकता पूरा गर्ने खालका कार्यक्रम समेटेको एउटा धार र दीर्घकालीन विकासका रणनीतिको जग बसाल्ने खालका कार्यक्रम समेटेको अर्को धार गरी दुई धारबाट बजेट निर्माण गरिएको बताएका हुन्।
‘हामीलाई मौलिक हकलगायत तत्कालका आवश्यकता पूर्तिका लागि त्यही अनुसारका कार्यक्रम आवश्यक थिए। त्यहाँ हामीले छोटो समयमा जनताका आवश्यकता परिपूर्ति गर्ने खालका आयोजना रोज्यौं भने अर्कोतर्फ दीर्घकालिन विकास र त्यसका रणनीतिहरु समेटेको आयोजना तथा कार्यक्रमहरु पनि सँगसँगै ल्याएको छौं,’ अर्थमन्त्री खतिवडाले भने।
चालु आर्थिक वर्षको बजेट पछिको प्रतिक्रिया दिने क्रममा गत वर्ष अर्थमन्त्री खतिवडाले आफुले पूर्णं रुपमा जनताको अनुहार पढ्ने खालको बजेट ल्याएको छु भन्ने अभिव्यक्ति दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।