काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमीकोटलाई सडक सञ्जालले जोड्ने भएको छ।
निर्माणाधीन हुम्ला सिमीकोट सदरमुकाम सडकलाई पूरा गरी ७७ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ।
कर्णालीका सबै जिल्लामा सडक सञ्जाल पुर्याउने लक्ष्य राखेको सरकारले पछिल्ला दिनमा निर्माण भएका सडकको स्तरोन्नति गर्ने कामलाई समेत विशेष प्राथमकितामा राखेको छ।
हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण कार्य अगाडि बढाउने लक्ष्य राखेको सरकारले भौगोलिक आबद्धता कायम गर्न, कृषि तथा उद्योग व्यवसायको विकास गर्न, जनजीवन सहज गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी सडक क्षेत्रलाई महत्व दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।