फाइल तस्बिर
भैरहवा- देशका विभिन्न स्थानबाट काठमाडौँका लागि उडान भरेका विमानहरु गौतम बुद्ध (भैरहवा) विमानस्थलमा अवतरण भएको छन्।
विभिन्न स्थानबाट उडान भरेका विमानहरु मौसम खराबीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाण्डौँका लागि भैरहवा विमानस्थलबाटै उडान भरेका २ वटा, भद्रपुर विमानस्थलबाट २, र जनकपुरबाट एउटा गरी कुल ५ वटा विमान भैरहवा विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यकालये जानकारी दिएको छ।
विमानका आएका यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका छन्।
विमानस्थलले यात्रु व्यवस्थापन गर्न नसकेको यात्रुहरुको गुनासो गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।