काठमाडौँ- नेपाली सेनाले जिम्मा लिएको काठमाडौं-तराई फास्ट ट्रयाकलाई सरकारले १५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
चालु आवमा पनि १५ अर्ब बजेट पाएको यो आयोजनाले धेरै रकम खर्चन सकेको छैन। तथापि नेपाली सेनाले भने यसको निर्माणकार्य समयमा नै सम्पन्न हुने बताइसकेको छ।
फाष्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर सरकारसमक्ष पेश गरेको छ। मन्त्रीपरिषद्ले उक्त डीपीआर स्वीकृत भने गरेको छैन।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै फास्ट ट्रयाक ४ वर्षभित्र सम्पन्न गरिसक्ने उद्घोष गरेको थियो।
दुई वर्षअघि प्रचण्ड सरकारको पालामा फास्ट ट्रयाक ४ वर्षमै सक्ने गरी सेनालाई जिम्मा दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।