• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कतार भिसा सेन्टर : कामदारमाथि १४ हजार आर्थिक भार थपिँदै, सरकार नै सिन्डिकेट भित्र्याउने खेलमा

64x64
नेपाल लाइभ बिहीबार, जेठ १६, २०७६  ०७:३०
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका लागि कतार जाने कामदारमाथि १४ हजार आर्थिक भार थपिने निश्चित जस्तै भएको छ। 

बुधबारदेखि कतारले औपचारिक रुपमा काठमाडौं महाराजगन्जस्थित भिसा सेन्टर सञ्चालनमा ल्याएसँगै कतार जाने कामदारमाथि आर्थिक भार थपिने देखिएको हो। सरकारले २०७५ जेठ २ गतेदेखि कामदारमाथि आर्थिक शोषण भएको भन्दै मलेसिया रोजगारी बन्द गरेपछि नेपाली कामदारको गन्तव्य मुलुकका रुपमा कतार रहँदै बन्दै आएको थियो। 

मलेसियामा नयाँ प्रक्रिया र भेन्डरमार्फत मात्रै कामदार पठाउने अडान राख्दै आएको सरकारले एक वर्ष बितिसक्दा पनि नयाँ प्रक्रियामार्फत मलेसिया रोजगारीका लागि कामदार पठाउन सकेको छैन। 

रोजगारीको खोजीमा हरेक महिना ४० हजारको संख्यामा विश्वका विभिन्न मुलुकमा पुग्ने कामदारमध्ये १६ हजारभन्दा बढी कतार पुग्ने गरेका छन्। 

कतारमा ५ लाखभन्दा बढी नेपाली कामदारहरु रहेको सरकारी अनुमान छ। 

कतार जाने कामदारको सहजताका लागि भन्दै कतार सरकारले नेपालमा कतार भिसा सेन्टर सञ्चालनमा ल्याउन पटकपटक नेपाल सरकारसँग प्रस्ताव राख्दै आएको थियो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कतार जाने कामदारमाथि कतार भिसा सेन्टरले आर्थिक भार थप्ने र  सिन्डिकेट लाद्ने भन्दै  भिसा सेन्टर सञ्चालन गर्न नदिने अडान राख्दै आएका थिए।  अन्तत: मन्त्री विष्ट म्यानपावर व्यवसायी हेम गुरुङ, रोजगार व्यवसायी सघंका अध्यक्ष रोहन गुरुङ र महासचिव नरेश गेलालको दबाबका परेर कतार सेन्टरको अनुमति दिने तयारी गरेका हुन्।

२०७५ फागुन अन्तिम साता नेपाली उच्च अधिकारीहरुको टोली कतार र नेपालबीच सन् २००५ को श्रम सम्झौता पुनरावलोकन गरी नयाँ श्रम सम्झौता कायम गर्नेबारे छलफल भएको थियो। छलफलमा नेपाली टोलीले शून्य लागतमा नेपाली कामदार कतार जान पाउने प्रस्ताव अघि सारेको थियो। सोही बेला कतार भिसा सेन्टरका बारेमासमेत छलफल भएको थियो।  

nimb
nimb
Ncell 2
Ncell 2

कतारसँग छलफलपछि उच्च अधिकारी नेपाल फर्किएसँगै नेपालमा कतार भिसा सेन्टर सञ्चालनमा ल्याउनेबारे नेपाल सरकारमा थोरै लचकता देखिएको थियो। त्यसपछि कतारले नेपाली कामदारलाई कुनै पनि आर्थिक भार नपर्ने गरी शून्य लागतमा लैजान तयार भए कतार भिसा सेन्टरबारे नेपाल सरकार सकारात्मक रहने श्रम मन्त्रालयले जनाउँदै आएको थियो।

कतार जाने कामदारमाथि १४ हजार भार
कतार भिसा सेन्टर खुलेसँगै  प्रतिकामदार १४ हजार आर्थिक भार थपिने भएको छ। कतार रोजगारीका लागि प्रवेशाज्ञा तथा श्रमपत्र जारी गर्ने र श्रमिक र रोजगारदाताबीच अन्तिम श्रम स्विकृति, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच (फिंगर प्रिन्ट) लगायत प्रक्रियाका लागि १४ हजार भार थपिने भएको हो। 

कतार रोजगारीमा जाने कामदारहरुका लागि कतार भिसा सेन्टरमार्फत नै रोजगारीका अवसर सम्बन्धी सूचना प्राप्त हुने जनाइएको छ। 

कामदारको सहजताका नाममा कतार भिसा सेन्टर खडा गरी सरकारले नै कामदारमाथि सिन्डिकेट ब्युँताउने र आर्थिक भार लाद्ने प्रयास गरेको केही व्यवसायीहरुले आरोप लगाउन थालेका छन्। मलेसिया रोजगारीका लागि जाने कामदारमाथि पनि भिएलएन लगायत केही बायोमेट्रिक भेन्डर खडा गरी सिन्डिकेट कायम गर्दै प्रतिकामदार १७ हजारभन्दा बढी आर्थिक भार थपिएको थियो। 

श्रम मन्त्रालय भन्छः सेन्टरबारे जानकारी छैन
बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको कतार भिसा सेन्टरबारे आफू बेखबर भएको बताउँदै श्रम मन्त्रालय पन्छिन थालेको छ। 

यसअघि कतार जाने कामदारमाथि सिन्डिकेट खडा हुने भन्दै विरोध गरेजस्तो गर्दै आएको सरकारले कतार भिसा सेन्टर सञ्चालनका लागि स्विकृति दिएर पनि जानकारी नभएको बताउन थालेको छ।

‘हामीले कतार भिसा सेन्टर सञ्चालन गर्न नपाउने अडान राख्दै आएका थियौँ, हालसम्म पनि त्यो अडान कायम नै छ,' श्रम प्रवक्त डा नारायण रेग्मी भन्छन्, 'श्रम मन्त्राले भिसा सेन्टर सञ्चालन बारे कुनै पनि प्रतिक्रिया दिएको छैन।’

महासचिवले दिए राजीनामा
भिसा सेन्टर सञ्चालनमा ल्याउँदा कामदारमाथि आर्थिक भार पर्ने र भिसा प्रोसेसिङ लगायत काममा मलेसिया जाने कामदारमाथि जस्तै सिन्डिकेट कायम हुने भन्दै वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले राजीनामा दिने घोषणा गरेका छन्।

‘कतार जाने कामदारमाथि सिन्डिकेट सुरु हुने भएको छ, हामीले यसको सुरुदेखि नै विरोध गर्दै आएका छौँ,' महासचिव गेलालले भने, 'सुरुमा फ्री भन्छ र मलेसिया जाने कामदारहरुको जस्तै पछि कामदारहरुमा नै भार थपिन्छ।' 

आफू पदमा भएर सिन्डिकेट लादिएको हेरिरहन नसकेपछि राजीनामा दिएको उनले बताए।

कतार जाने कामदारमाथि सिन्डिकेट लाद्न कतार भिसा सेन्टर सञ्चालनमा ल्याउन केही व्यवसायीले नै दबाव सिर्जना गरिरहेको आरोप लागेको थियो। जसमा म्यानपावर व्यवसायी हेमजङ गुरुङ, भुषण राना लगायत अन्य केही व्यवसायी आरोपमा मुछिँदै आएका थिए। 

८ देशमा २० वटा कतार भिसा सेन्टर 
विदेशी कामदार लिने प्रक्रियालाई सहज तथा पारदर्शी बनाउने भन्दै कतार सरकारले विभिन्न  ८ देशमा २० भिसा सेन्टर सञ्चालनमा ल्याउन लागेको बताउँदै आएको थियो। 

बंगलादेश, पाकिस्तान लगायत केही दक्षिण एसियाली मुलुकमा कतारले भिसा सेन्टर सञ्चालनमा ल्याइसकेको जनाएको छ। 

कतारले कामदारमाथि थप आर्थिक भार नपर्ने गरी कतार भिसा सेन्टर सञ्चालनमा ल्याउन लागेको भन्दै कतार भिसा सेन्टर सञ्चालनका लागि अनुमति दिएको जनाएको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले कतार जाने नेपाली कामदारको हकहितका लागि कतार सकारात्मक देखिएकाले नेपालमा भिसा सेन्टर सञ्चालनका लागि अनुमति दिएको दाबी गरे। 

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको निर्देशन
करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको निर्देशन बुधबार, साउन २७, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक बुधबार, साउन २७, २०८३
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह बुधबार, साउन २७, २०८३
चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह बुधबार, साउन २७, २०८३
कोलम्बिया भूकम्प: मृतकको संख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्