काठमाडौं- मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिदको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता हुने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणमार्फत भुक्तानीकर्ताको बैंक खातामा त्यसबापत हुन आउने रकम स्वतः जम्मा हुने व्यवस्था गर्ने लागको हो। त्यसरी जम्मा हुने रकममा अग्रिम करकट्टी गर्नु नपर्ने व्यवस्था समेत बजेटमा उल्लेख छ।
यो भन्नुको अर्थ कुनै व्यक्तिले कार्ड वा विद्युतीय माध्यमबाट सामान खरिदमा मूल्य अभिवृद्धि कर बापत तिरेने रकममा पुनः ग्राहकलाई नै १० प्रतिशत रकम फिर्ता हुनेछ।
उदाहरणका लागि एक हजार रुपैयाँको समान खरिदमा मूल्य अभिवृद्धि कर शीर्षकमा ग्राहकले १ यस ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो रकम कार्ड वा विद्युतीय च्यानलमार्फत तिरेमा उसले १ सय ३० रुपैयाँको १० प्रतिशत अर्थात् १३ रुपैयाँ फिर्ता पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।