काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बजेट सम्रगमा व्यवसायीमैत्री नभएको टिप्पणी गरेकी छिन्।
'विद्युत उत्पादको क्षमता दोब्बर बनाउने तथा नयाँ ट्रान्समिसन लाइनको कुरा पनि गरिएको छ। पूर्वाधार विकासमा पनि बजेट राम्रै विनियोजन भएको छ,' उनले भनिन्, 'राजस्व न्याधीकरणको विषयमा हामीले उठाएको विषय पनि सम्बोधन भएको छ।'
उद्योग वाणिज्य महासंघले अगाडि सारेको भन्सार छुटको विषय पनि सम्बोधन भएको उनले बताइन्। कृषिमा अर्गानिक फार्मको विषय पनि सम्बोधन भएकोमा राणाले खुसी व्यक्त गरेकी छन्।
'औद्योगिक करिडोरको विषयमा आएको विषयमा पनि व्यवसायीमैत्री छ। पर्यटनको विकासलाई पनि बजेटमा सम्बोधन गरिएको छ। क्षेत्रीय विमानस्थलसँगको पहुँच विस्तारको विषय पनि बजेटमा समावेश भएको छ,' उनले भनिन्, 'काठमाडौं नजिकै आन्तरिक विमानस्थलको पनि कुरा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल सहित २४ घन्टा सञ्चालन गर्ने भनिएको छ। जडिबुटी प्रशोधन केन्द्र विषय पनि स्वागतयोग्य छ।'
निजी क्षेत्रले अगाडि सारेको धेरै विषय बजेट मार्फत सम्बोधन भएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।