काठमाडाैँ- सत्तारुढ नेकपाका नेता भीम रावलले कर्णाली र सुदूरपश्चिमलाई बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन्।
आफ्नै पार्टीका अर्थमन्त्रीले पेश गरेको बजेटबारे नेकपा स्थायी कमिटी सदस्य रावलले भने,‘पश्चिम सेती जलविद्युतको कुरा आएन। सेती लोकमार्ग कहाँ हरायो कहाँ? पछि परेका र अगाडि जानुपर्ने क्षेत्रबाट हेर्दा टिप्पणी गर्नुपर्ने खालको छ बजेट।’
बजेटमा प्राथमिकता पाउनु पर्ने विकट र पछाडी परेका समुदाय तथा क्षेत्रलाइ प्राथमिकता गर्नेमा अर्थमन्त्री असफल भएकाे उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।