काठमाडौं– पूर्वअर्थमन्त्री समेत रहेका नेकपा नेता सुरेन्द्र पाण्डेले बजेटले धेरै राम्रा कार्यक्रम अघि सारेको भए पनि बजेट धेरै आयोजनामा छरिएकाले परिणाम कम आउँछ कि भन्ने डर भएको टिप्पणी गरे ।
आफ्नै पार्टीका अर्थमन्त्रीले पेश गरेको बजेटबारे प्रतिक्रिया जनाउँदै पाण्डेले भने, बजेटले धेरै नयाँ आयोजनालाई पनि समेटेको छ तर केही सम्पन्न गर्ने ठूला आयोजनामा केन्द्रित हुनु आवश्यक रहेको बताए । बजेटले धेरै मुद्दा समेट्ने कोशिश गरेको तर यसरी छरिजा नतिका कम आउने सम्भावना रहेको उनले बताए । ‘बजेट १८–१९ खर्बसम्म जानसक्ने भए पनि त्यतिसम्म गएन’ उनले भने ‘ बजेट पैसाको सोतबेगर आएको छैन। स्रोतबारे अर्थमन्त्री सचेत हुनुभएको छ।’
बजेटमा ज्येष्ठ नागरिक भत्ता बढाएको, कर्मचारीको तलब बढाएको, निर्वाचन क्षेत्रमा रकम बढाएर पठाएकोलाई उनले सकारात्मक भएको बताए। ‘फास्ट ट्रयाकलाई १५ अर्ब, पोखरा विमानस्थललाई ९ अर्ब, भैरहवा विमानस्थललाई ३ अर्ब विनियोजन गरेको छ, धेरै नयाँ आयोजना थपिएका छन् ’ उनले भने ‘ बजेट धेरै आयोजनामा छरिएको छ। कतै परिणाम कम आउँछ कि भन्ने डर छ।’ उनले यो बजेटको कार्यान्वयनमा धेरै चुनौती रहेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।