काठमाडौं- पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकारले ल्याएको बजेट क्षमता बिनाको वितरणमुखी भएको टीप्पणी गरेका छन्।
सरकारले प्रस्तुत गरेको बजेट क्षमता भन्दा निकै ठूलो भएको उनको भनाइ छ। ‘सरकारको क्षमताभन्दा ठूलो आएको छ,' उनले भने, ‘अब कार्यान्वयनमा अवश्य पनि प्रश्न उड्छ।’
सरकारले बजेट अनुशासनमा ध्यान दिनेभन्दा पनि वितरणलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको उनको दाबी छ।
बजेटमा आवश्यकताका आधारमा भन्दा रिझाउने कार्यक्रम अघि आएको उनको भनाइ छ। ‘सरकारले स्थानीय सरकारले गर्ने काम पनि केन्द्र सरकारले गर्ने जस्तै गरी बजेट प्रस्तुत गरिएको छ,' उनले भने, ‘स्थानीय सरकारको आफ्नै क्षेत्राधिकार छ। त्यसलाई यो बजेटले ध्यान दिन सकेको देखिँदैन।’
बजेटले धेरै कुरा समेट्न खोजेको छ। जसले गर्दा लक्ष्य एकातिर बजेट अर्कातिर केन्द्रित भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।