काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घरजग्गामा पुँजीगत लाभकरको दर घटाएको छ।
आव २०७६/७७ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले महानगरपालिका र उपमहानगरपालिका भित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र अन्यत्र ५ प्रतिशत मात्र अग्रिम पुँजीगत लाभकर लाग्ने गरी व्यवस्था गरेको बताएका छन्।
घरजग्गा कारोबार गर्दा नेपालभर अहिले नै १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ।
व्यक्तिगत कारोबारीभन्दा पनि कम्पनीहरुको हकमा लागू हुने अग्रिम पुँजीगत लाभकरको दर घटाइएको हो।
तर, महानगर र उपमहानगरकेन्द्रित घरजग्गा विकास गर्ने (रियल इस्टेट) कम्पनीहरुले पनि यस्तो लाभ पाउनेछैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।