काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी आर्थिक वर्षभित्रै अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सरकारले बजेट विनियोजन गरेको छ।
यसका लागि सरकारले ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। विमानस्थलको ३ हजार मिटरको रनवे निर्माण काम पनि सम्पन्न भइसकेको छ।
चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ले विमानस्थलको निर्माण गरी रहेको छ। निर्माण कम्पनीसँग सरकारले २०१४ नोभेम्बरमा सन् २०१७ डिसेम्मबरसम्ममा निर्माण सम्पन्न गर्नु परी सम्झौता गरको थियो। तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि सरकारले विमानस्थल निर्माणको समय थप गर्दै २०१९ को जुन २८ गतेसम्मको समय थप गरेको थियो। थप भएको समय भित्र लगभग निर्माण कम्पनीले विमानस्थलको निमार्ण सम्पन्न गर्ने अवस्थमा देखिएको छ।
विमानस्थल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। विमानस्थल सञ्चालनका लागि चाहिने पूर्वाधार र उपकरण हो। आइसिबी जिरो १ (पूर्वाधार निर्माण) को काम पनि अन्तिम चरणमा पुगको छ। आइसिबी जिरो २ (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान) को लागि पनि सम्झौता भइसकेको छ। निर्माण अन्तिम चरणमा पुगेसँगै नेपाल नागरिक उड्यन प्राधिकरणले सन् २०१९ भित्रै मिानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ। विमानस्थलमा अन्तर्राष्ट्रिय उडान परीक्षणका लागि भने आवश्यक पूर्वाधार तयार भइसकेको छ। विमानस्थल निर्माणमा भन्दा जग्गामा बढी रकम खर्च भएको छ। जग्गा मुआब्जामा मात्रै २३ अर्ब खर्च भएको छ।
दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१ का लगि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।
यसैगरी, आइसिबी–२ अन्तर्गतको काममा लागि मार्च ७ मा सम्झौता भएको छ। प्राधिकरणले ४.८ मिलियनमा सम्झौता गरे पनि यस कामको लागि प्राधिकरणले ७.२५७ मिलियन रकम छुट्याएको थियो। यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ। यसैगरी ओएफआइडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।