काठमाडौँ- सरकारले पोखरा क्षेत्रीय विमानस्थलका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थकि वर्ष २०७६/७७ का बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो बताएका हुन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भइसकेको छ।
सरकारले यो विमानस्थल २०२१ को जुलाई भित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन लक्ष्य बनाएको छ।
सरकारी लक्ष्य अनुरुप अहिलको काम गराईको हिसाबले विमानस्थल तोकिएको समय अगाबै निर्माण सम्पन्न हुने अवस्थमा पनि आएको छ।
सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सयम सिमा तोकिएको छ।
पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए। झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिने सहमतिसँगै विमानस्थल निर्माणको काम सुरु भएको थियो।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।