नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा अहिलेसम्मकै ठूलो जमीन खरिद विक्रि भएको छ। दिल्लीमा रहेको एउटा बंगला ४७६.५० करोड भारतीय रुपैयाँमा विक्रि भएको छ। विक्रि भएको घर पास गर्न रजिस्ट्रेशन मात्र २२ करोड खर्च भएको थियो। यो घर ७ हजार १ सय ४३ वर्ग मिटर जमीनमा फैलिएको छ।
घर किन्ने व्यक्ति डिएलएफका अध्यक्ष केपी सिंहकी नातिनी अनुष्का सिंह हुन्। उनले लुटियन्स बंगलो जोन (एलबिजेड) को पृथ्वीराज रोडमा अवस्थित यो बंगला किनेकी हुन्। यसको पुरानो मालिक निधन भइसकेका एयर चीफ मार्शल प्रताप चन्द्रलाल हुन्। उनकै परिवारले बंगला बेचेका हुन्। यहाँको जमिनको दर निकै महंगो छ। प्रतिवर्ग मीटर नै ६ लाख ३६ हजार मानिन्छ।
लुटियन्स क्षेत्र दिल्लीको भिभिआइपी इलाका मानिन्छ। यहाँ राष्ट्रपति, प्रधानमन्त्री, मुख्य न्यायाधीशलगायत प्रतिष्ठित व्यक्ति र सरकारी बंगला रहेको छ। लुटियन्स क्षेत्रमा करिब १ हजार बंगला छ, जसमा ७० जनाको निजी सम्पत्ति छ। अन्य सबै सरकारी बंगलाहरु हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।