काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करका रुपमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार कर १ रुपैयाँ बढाईएको जनाएका हुन्।
सडक निर्माण तथा स्तरोन्नतिका लागि पूँजी अभाव हुन नदिन उक्त कर लगाईएको अर्थमन्त्री खतिवडाको भनाइ छ।
यसअघि प्रतिलिटर ४ रुपैयाँ पूर्वाधार कर उठाइदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।