काठमाडौँ- सरकारले वन तथा वातावारण क्षेत्रमा १५ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसद्मा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रको संरचनागत परिवर्तन, तीन ठाउँमा कार्यक्रमको कार्यालय खोल्ने समेत भएको छ। यो कार्यक्रमलाई १ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ।
यसका साथै वन क्षेत्रमा सरकारले ८ कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको छ। यस्ता छन् कार्यक्रम
-जडीबुटीका विरुवा रोप्ने कार्यक्रम
-जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई कम्पनीमा लगिने
-नयाँ वनस्पती उद्यान बनाइने
-सबै संरक्षित क्षेत्रलाई पर्यटन गन्तब्य बनाइने
-जडीबुटी सुकाउने प्रविधि बनाइने
-उच्च पहाडमा मध्यवर्ती क्षेत्रमा सुरक्षा व्यवस्था,
-कृषि वनको विकास गरिने
-राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।