काठमाडौँ- सरकारले रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ।
आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन हुने गरी मल खरिदमा दिइँदै आएको अनुदान बढाउने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन्।
मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध हुनेछ।
यसअघि ६ अर्ब रुपैयाँ अनुदान मल खरिदका लागि दिइँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।