काठमाडौं- आगामी आर्थिक ०७६/०७७ मा वैदेशिक रोजगार व्यवस्थापनका लागि ७ अर्ब १४ करोड बजेट सरकारले छुट्याएको छ।
वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई आगामी आर्थिक वर्षमा बैंकिङ प्रणालीमार्फत भित्र्याइ उत्पादनमुलक क्षेत्रमा रेमिट्यान्सलाई लगानी गर्न जोड दिइने बजेटमा उल्लेख छ।
वैदेशिक रोजगारीमा जाने कामदारहरुको लागत रोजगारदाताले ने बेहोर्ने गरी शून्य लागतमा दुई देशबीच श्रम समझदारी गरेर मात्रै कामदारहरु पठाइने उल्लेख छ।
सबै श्रमिकहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार वैदेशिक रोजगारीमा पठाइने उल्लेख गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।