काठमाडौँ- सरकारले एक वर्षभित्रै फलफुल बाली लगाएको क्षेत्र दोब्बर बनाउने भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै फलफूल बाली लगाईएको क्षेत्रफल दोब्बर बनाउन लागिएको बताएका हुन्। त्यसका लागि सबै जिल्लामा फलफूलका बिरुबा अनुदानमा बाँढिने छ।
सरकारले कृषि क्षेत्रका लागि कुल ३८ अर्ब ८० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।