काठमाडौँ- आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यो रकम विनियोजन गरेको जानकारी दिएका हुन्।
स्तन क्यान्सरको उपचारमा सहयोग पुर्याउन लागि आवश्यक बजेटको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।
पुर्ण खोप सवै वडामा सञ्चालन हुनेछ। विपन्न वर्गका लागि उपचारमा सहयोग गर्न २ अर्ब अनुदान दिइने उनले उल्लेख गरे। ८ रोगमा यो सहुलियत दिइने छ।
भक्तपुरको दुवाकोटमा वीर अस्पतालको भवन बनाउन ४० करोड बजेट विनियोजन गरिएको छ भने तीन बर्ष भित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।