काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ बाट लागु हुनेगरी वृद्धभत्ता बढाएको छ। हाल २ हजार रुपैयाँ रहेको वृद्धभत्ता रुपैयाँले बढेर ३ हजार पुगेको हो।
सरकारमा रहेको पाटी नेकपाले आफ्नो चुनावी घोषणापत्रमार्फत वृद्धभत्तालगायत अन्य सामाजिक भत्ता बढाएर ५ वर्षमा ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको थियो।
दूई तिहाई सहित नेकपाले सरकार गठन गरेपनि चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाभत्ताको रकम नबढाईएपछि चुनावी घोषणापत्रले गरेको वाचा पूरा नगरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको पार्टी भित्रै आलोचना भएको थियो।
जसकारण आगामी आर्थिक वर्षबाट लागु हुने गरी जुनसुकै हालतमा वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउने दबाब सरकारलाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।