काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। यसैगरी, अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने नयाँ योजना सरकारले गरेको छ।
सरकारले आगामी आर्थिक वर्षको लागि विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ।
प्रविधिका क्षेत्रमा विश्वस्तरीय पढाई गर्ने व्यवस्था मिलाउन मदन भण्डारी विश्वविद्यालय बनाउने १ अर्ब दश करोड विनियोजन भएको छ।
अन्तरिक्ष अनुसन्धान केन्द्रको काम अगाडि बढाउने कार्यक्रम शुरु भएको छ।
हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।