काठमाडौँ- आगामी आर्थिक वर्षमा ७० जिल्लालाई पूर्ण साक्षार जिल्ला घोषणा गर्ने भएको छ। यसका लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
यस्ता छन् शिक्षाका कार्यक्रम
-एक विद्यालय एक खेलकुद शिक्षक
-३ सय भवन निर्माणका लागि ८ अर्ब ५३ करोड रुपैया
-एक विद्यार्थीलाई एउटा मात्र छात्रवृति। यसका लागि विद्यालय तहको छात्रवृतिका लागि ३ अर्ब १९ करोड रुपैयाँ विनियोजन।
-'चिनौ आफ्नै माटो, बनाऔं आफ्नै देश कार्यक्रम' का लागि १ अर्ब ५० करोड रुपैयाँ
-आधारभुत तहमा रंगीन पाठ्य पुस्तकका लागि २ अर्ब २१ करोड
-२ सय १२ स्थायिन तहमा प्राविधिक शिक्षा शुरु गर्न २६ करोड
-सबै विद्यालयलाई अपांगमैत्री
-२२ लाख ५ अर्ब ९५ करोड –उनीहरुका आमामार्फत उपलब्ध)
-छात्रालाई सेनेटरी प्याड निशुल्क
-८३ हजार युवलाई सीपमुलक कार्यक्रमका लागि १ अर्ब ७२ करोड
-विश्व विद्यालय छाता ऐन ल्याईने।
-विश्व विद्यालय अनुदान आयोगा लागि १७ अर्ब ६५ करोड
-राष्ट्रिय प्राथमिकताका क्षेत्रमा नयाँ पाठ्यक्रम
-प्रत्येक जिल्लामा एउटा प्राविधिक धारको आंगिक क्याम्पस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।