• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बिनासुरक्षा र न्याय कसरी आउला समृद्धि?

64x64
नेपाल लाइभ मंगलबार, जेठ १४, २०७६  १५:५५
1140x725

तुलनात्मक रुपमा भौतिक समृद्धि भएको समाजमा बढी शान्ति छाएको हुन्छ। समृद्ध समाजले मानिसलाई बढी सहज र सुरक्षित प्रत्याभूति गराउँछ। समृद्ध समाज उचाइमा पुग्ने भनेकै तीव्र विकासको गतिविधिले हो। तर तीव्र विकासको गति पकड्न उति सजिलो भने छैन। विकासलाई गति दिन समाजमा सुरक्षा र न्याय पनि छ भनेर अनुभूति प्रत्याभुत गराउनुपर्छ। यो देशमा  सामाजिक न्याय व्यवहारमै उतार्न अझै लामो समय कुर्नुपर्छ। उसमाथि राजधानीमै भएका बम विस्फोटका घटनाले सुरक्षा चुनौती पनि राम्रैसँग देखिएको छ।  

शान्तिको पहिलो सर्त हो सुरक्षा। कुनै पनि सरकारले आफू शान्तिसुरक्षा कायम गर्न कटिबद्ध रहेको बताउँछ। यस्तो मामिलामा ओली नेतृत्वको सरकार कम हुने कुरै भएन। तर कुनै पनि सरकार र त्यो सरकार मातहतमा चल्ने प्रशासकको दाबीबाट शान्ति–सुरक्षाको वास्तविक मापन हुँदैन। जनताको अनुभूतिबाट मात्रै हुन्छ। नेत्रविक्रम भन्द विप्लवको विमतिसँगै सर्वसाधरणको मनमा कताकता त्रास पलाएको थियो। अहिले त्रासको मात्रा बढ्दै गएको छ। भलै यो त्रासको मात्रा माओवादीले अगुवाइ गरेको दसवर्षे युद्धमा जति पुगिसकेको छैन। र, पुग्न पनि नपाओस्। 

सरल भाषामा विप्लवसँग वार्ताको ढोका खुल्ला राख्नुपर्छ। हामी जुन भूराजनीतिमा छौं, त्यसमा कुनै पनि राजनीतिक समस्याको हल वार्ता नै हो। तर सार्थक वार्ता हुनुअघिका वितण्डा रोक्नका लागि सरकार सक्षम भएन भने त्यसले दुरगामी असर पार्छ।

दसवर्षे जनयुद्धको सुरुवात रोल्पा र रुकुमका विकट बस्तीबाट भएको थियो। यसको वास्तविक कम्पन राजधानीसम्म आउन निकै समय लागेको थियो। युद्धको अवधिभरि काठमाडौं अन्य ठाउँभन्दा बढी सुरक्षित स्थान थियो। तर विप्लवको विस्फोट यात्रा काठमाडौंबाटै सुरु भएको छ। पछिल्लो विस्फोटको औपचारिक जिम्मेवारी विप्लवले लिएका छैनन्। तर, अहिले राजधानीमा शृंखलाबद्ध विस्फोट गराउने सामर्थ्य विप्लव समूहबाहेक अरु कसले गर्न सक्ला? 

यस्तो परिवेशमा शान्ति स्थापनाको पहिलो सर्त सुरक्षा नै हो। सरकारले भौतिक आक्रमण र क्षति हुँदैन वा भए पनि तुरुन्त कारबाही हुन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। यसको उपाय भनेको राज्यको सुरक्षा संयन्त्र परिचालन नै हो। जसरी होस्, राज्यले सुरक्षा दिएको छ वा दिन्छ भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ। यसको अर्थ राजनीतिक मुद्दा बोकेर हिडेकासँग वार्ताको प्रयास नगर्ने भन्ने होइन। तर राजनीतिक मुद्दाको आडमा हुने उच्छृंखल र अवाञ्छित घटनालाई राज्य संयन्त्रले नियन्त्रण गर्न सक्नुपर्छ। सरल भाषामा विप्लवसँग वार्ताको ढोका खुल्ला राख्नुपर्छ। हामी जुन भूराजनीतिमा छौं, त्यसमा कुनै पनि राजनीतिक समस्याको हल वार्ता नै हो। तर सार्थक वार्ता हुनुअघिका वितण्डा रोक्नका लागि सरकार सक्षम भएन भने त्यसले दुरगामी असर पार्छ। 

राज्य संयन्त्रले प्रदान गर्ने भौतिक सुरक्षाले मात्र शान्तिलाई दिगो बनाउन सक्दैन। समाज समानता कायम गरेर न्यायको सिद्धान्तमा चल्ने हुनुपर्छ। तर विगतमा यो देशभित्र अलोकतान्त्रिक र तानाशाही शासन मात्र चलेनन्। त्यस्ता व्यवस्थाले अन्याय र असमानतको बिजारोपण पनि गर्‍यो। लामो समयमा ती अभ्यासहरु संस्कारमा विकास भए। न्यायसंगत नभएका ती संस्कार र अभ्यास बदल्न सात सालपछि नीतिगत प्रयासहरु हुँदै आएका छन्। नीतिगत प्रयास व्यवहार परिवर्तनकै लागि हो।

यसलाई विभिन्न समयमा भएको कम्युनिस्ट आन्दोलनले पनि अर्को उचाइ दिने प्रयास गरे। तर पछि गएर आन्दोलनमा सहभागी नेताले दत्तचित्त भएर यो मुद्दा कार्यन्वयनमा लागेनन्। यसको पछिल्लो र गतिलो उदाहरण बनेको छ नेकपामा रहेको पूर्व माओवादी समूह। माओवादीले उठाएका धेरै सामाजिक मुद्दामध्ये एक दलितमाथिको शोषण र दमन पनि थियो। सिद्धान्त त जंगबहादुर राणाको मुलुकी ऐनले कायम गरेको दलितमाथिको उत्पीडन राजा महेन्द्रले ल्याएको मुलुकी ऐनले हटायो। तर दलित समुदायमाथि हुने विभेदको मात्रा केही घटे पनि कायम नै थियो। युद्धकालमा माओवादीले आफूलाई परिवर्तनको सम्वाहक भन्थ्यो। तर हत्याहिंसाको शैलीले माओवादी आफैमा त्रासको विम्ब पनि बन्यो। त्यही कारण युद्धकालमा समाजका ठालु भनौंदाहरुले दलितमाथि खुलेर दमन गर्न सकेनन्। तर आज दलितको सामाजिक न्यायको मुद्दा उठाउने त्यही माओवादी सरकारमा छ। तर दलित समुदाय हुने दमन र उत्पीडन रोकिएको छैन। माओवादी सत्ता राजनीति सुरु भएसँगै दलित समुदायमाथिको उत्पीडन र दमन बल्झिन थालेका छन्। 

समृद्धि शान्तिको प्रतीक पनि हो। यसको लागि विकासको काम पनि जरुरी छ। मानिसको चेतनाले उसको आवश्यकताको दायरा पनि फराकिलो बनाउँदै लग्छ। आनिबानी बदलिँदै जान्छन्। मानिसको फैलँदो आवश्यकता अनि बदलिँदो आनीबानीलाई सम्बोधन गर्ने विकासले नै हो।

nimb
nimb
Ncell 2
Ncell 2

दलित समुदायमाथिको अन्याय एक उदाहरण मात्र हो। यहाँ जाति, भाषा, धर्म, भूगोलको आधारमा विभिन्न विभेद कायम छ। भलै देशको मुल कानुनले यसलाई बन्देज गरेको छ। तर कानुन र ऐन मात्र पर्याप्त हुँदैनन् मानिसको आनीबानी परिवर्तन गर्न। सामाजिक न्याय कायम गर्न संविधानको मर्म अनुरुप सरकार र सर्वसाधरण दुवै चल्नुपर्छ। समाजमा न्याय कायम गर्न सकिएन भने असन्तुष्टिहरु झाँगिदै छन्। यो असन्तुष्टिले उत्पीडित र उत्पीडकको कित्ताकाट गर्छ। यो कित्ताकाटमा कुनै न कुनै व्यक्ति, समूह वा पार्टी एउटा मुद्दा लिएर छिर्छ। यस्ता मुद्दासँग जोडिएका क्रियाकलापले विभिन्न बाधा, अड्चन सिर्जना गर्छन्। शक्तिशाली सरकारले सामाजिक न्याय वा यस्ता विषयसँग जोडिएको मुद्दालाई छिट्टै किनारा लगाउनुपर्छ। तर अपसोच, सरकार यो पाटोमा उति कटिबद्ध देखिँदैन। 

समृद्धि शान्तिको प्रतीक पनि हो। यसको लागि विकासको काम पनि जरुरी छ। मानिसको चेतनाले उसको आवश्यकताको दायरा पनि फराकिलो बनाउँदै लग्छ। आनिबानी बदलिँदै जान्छन्। मानिसको फैलँदो आवश्यकता अनि बदलिँदो आनीबानीलाई सम्बोधन गर्ने विकासले नै हो। विकासले नयाँ माध्यम र वस्तुहरु सिर्जना गर्छ। भलै यो देशमा विकासले गति लिन सकेका छैनन्। तर यहाँ बस्नेहरुको चाहना विज्ञान र प्रविधिको परिणामसँग टाढा छैनन्। 

हामी कृषिप्रधान देश भनिरहेका छौ। नयाँ पुस्तालाई कृषिसँग वितृष्णा छैन र हुनु पनि हुँदैन। तर यो पुस्ता पहिलेका पुस्ताले झैं हलो र कोदालोले खेतीपाती गर्ने सोचमा हुँदैनन्। ऊ उत्पादित वस्तुलाई डोको वा धोक्रोमा बोकेर हिँड्ने सोचमा पनि छैन। उसलाई चाहिने आधुनिक कृषि औजार अनि सामान ओसार–पसारको सहजता सडक विकासको कामले नै दिने हो। तसर्थ मानिसको बदलिँदो मनोविज्ञान र आवश्यकतालाई विकास पनि अनिवार्य सर्त हो। तर यसो भन्दैमा विकासको एकोहोरो नारा जपेर मात्र विकास हुँदैन। यससँग जोडिएका अन्य पक्षलाई पनि सम्बोधन गर्दै जानुपर्छ। 

राज्य सञ्चालनमा रहेका हुन् वा राज्यको विरुद्धमा उत्रिएका, दुवैको गन्तव्य देश र जनताको समृद्धिसँग जोडिएको हुन्छ। त्यो समृद्धि भनेको सुरक्षा, सामाजिक न्याय र भौतिक तथा प्राविधिक विकासको गठजोड हो।  तसर्थ समृद्धिको निम्ति सुरक्षा, न्याय र विकास अनिवार्य सर्त हुन्। सुरक्षाको प्रत्याभूति र सामाजिक न्याय कायम गर्न नसकी गरिएका भौतिक विकासलाई विद्रोहको आवाजले कुनै पनि बेला ध्वंस गर्न सक्छ। 

भानु बाेखिमका थप लेख

सार्वजनिक स्थानमा धूम्रपानको मनोविज्ञान

आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

जहाजको सपनामा बस नछुटोस्

राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो

विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर

गुरिल्ला युद्धको भय

अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्