काठमाडाैं – राष्ट्रिय मानवअधिकार आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वगृहमन्त्री सुधन गुरुङसम्ममाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले २३ र २४ भदाैमा भएकाे जेन–जी आन्दोलन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्तिले आन्दोलनमा दुरुत्साहन भए/नभएको विषयमा निष्कर्षमा पुग्न उनीहरूमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिस गरिएको हो ।
आन्दोलनमा मानवअधिकार उल्लंघनबारे छानबिन गर्न बनेको समितिले दिएको सिफारिसका आधारमा जेन–जी आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे उनीहरुमाथि थप अनुसन्धान गर्न सिफारिस गरको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।