• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो    

64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  ०७:१०
1140x725

अंग्रेज कवि अल्फ्रेड इडवार्ड हाउसमेनको प्रशिद्ध कविता छ- ‘टु एन एथलेट डाइङ यंग’। कविताले प्रशिद्धि र सफलताको शिखरमा पुगेको बेला मरेको एक जवान धावकको कथा भन्छ।

कविताको भावअनुसार जवान हुँदै मर्नु धावकको लागि एउटा अवसर हो। अवसर यस अर्थमा कि धावकले शुभचिन्तकको आँखामा सधैं आफ्नो सफलता र प्रशिद्धी छाप छोड्न सफल छन्।

कवितामा प्रशंसा गरिएको धावकको जस्तै छाप छोडेर गएका छन्, पर्यटनमन्त्री रवीन्द्र अधिकारी। सम्झनेको नजरमा अधिकारीले प्रयास गरेका राम्रा कामकै फेहरिस्त लामो हुनेछ।

आजसम्म रवीन्द्र अधिकारी राजनीतिक करिअरको ग्राफमा निरन्तर उकालो लागेको थियो। विद्यार्थी आन्दोलनबाट उदाएका रवीन्द्रले विभिन्न मुद्दामा आन्दोलन गरे। आफ्नो आवाजलाई बुलन्द बनाए। ६४ सालको संविधानसभा निर्वाचन उनको लागि अर्को राजनीतिक छलाङ मार्ने बिन्दु बन्यो।

त्यो बेला उनी कास्कीबाट निर्वाचित भएका थिए। त्यस निर्वाचनताका उनी आवद्ध नेकपा एमालेको लागि प्रतिकूल अवस्था थियो। उनी ७० को संविधानसभा र ७४ को संसदीय निर्वाचनमा पनि निर्वाचित भए।

छिल्लो निर्वाचनमा हासिल गरेको विजयसँगै नयाँ भूमिका पाए, केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नगारिक उड्ययन मन्त्रीको जिम्मेवारी।

ऊर्जावान भएर केही गरिरहनु पर्छ। ठाउँ र समय अनुसारको भूमिकामा व्यक्ति दत्तचित्त हुनुपर्छ। रवीन्द्र अधिकारीको जीवनले सिकाएको पाठ यही हो।

यो जिम्मेवारीमा रहँदा उनमा केही गर्ने हतारो देखिन्थ्यो। त्यो हतारोकै कारण वाइडबडी जहाज कान्डमा विवादित पनि भए। तर उनले धेरै हदसम्म सम्भावना देखाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

तिनै सम्भावनाको दायरालाई फराकिलो बनाउन खोज्दाखोज्दै उनी ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा बितेर गएका छन्। 

तिमीले तिम्रो सहरको प्रतियोगिता जित्दा
हाई हाई गर्दै तिमीलाई बजार घुमायौं 
मानिसहरु हाई हाई भन्दै सडकमा उभिएथे 
र हामीले तिमीलाई काँधमा बोकेर घर ल्यायौं। 
    
रवीन्द्र अधिकारीको राजनीतिक करिअर हाउसमेनको कविताको पहिलो अंश जस्तै थियो। उसको सफलतामा ठूलो भिडले जयजयकार ग¥यो। त्यो भिडले आफूले पनि उत्सव मनायो। यो खुसी फगत क्षणिक रमाइलो थिएन। सपनासँग जोडिएको आशा पनि थियो।

अधिकारी एक स्वप्नदर्शी थिए। एक राजनीतिज्ञको सपना केवल उसको निजी सपनामात्र हुँदैन। त्यसमा हजारौंको सपना जोडिएका हुन्छन्। ती जोडिएका हजारौं सपना अधिकारीको सफलतासँगै रमाएका थिए। अधिकारीको एउटा पूर्ण यात्राले आफ्नो सपना साकार हुन्छ भन्ने विश्वास थियो।

निश्चय नै यो सपनामा अधिकारीको निर्वाचन क्षेत्रमा मानिसहरु बढी थिए। तर उनको निर्वाचन क्षेत्र इतरको मानिस पनि कम भने थिएन उनीप्रतिको विश्वास। अफसोच, एउटा दुःखद दुर्घटनाले सबै परिस्थिति बदलिएको छ। 
    
आज, सडकमा सबै धावकहरु आउँछन्, 
हामी, काँधमाथि राखेर तिम्रो घर ल्याउँछौं (मरिसकेपछिको अवस्थामा)

एक चरण फेरि सबै नेताहरु रवीन्द्र अधिकारीलाई श्रदाञ्जली दिन पुगे, जसरी कवितामा धावकहरु सडकमा आएका थिए। अक्सर सहकर्मीहरु अधिकारीका शुभचिन्तक फेरि उनीसामु पुगे। विभिन्न मिडियामा प्रकाशित तस्बिरअनुसार, अधिकारीको दाहसंस्कारस्थलमा पनि भिड लाग्यो। त्यो भिडमा तिनीहरु पनि थिए जसले रवीन्द्रको समृद्धिको सपनामा आफ्नो पनि समृद्धि देखेका थिए।

शुभचिन्तकको भिड त उही थियो। जसरी धावकको बोक्ने काँधहरु थिए। तर त्यो भिड आशाबाट निराशामा परिणत भएको थियो। जसरी हर्सोल्लासका साथ विजय धावकलाई बोक्ने काँधले नै मरेपछि उसको लास बोकेको थियो। यो उदासीमा जीवनको पुरानै यथार्थ पुनरावृत्ति भएको छ कि जीवनको भर हुँदैन।

यो गर्छु वा त्यो गर्छु भन्ने रुमानी सपनाको खासै अर्थ रहँदैन। सोच र ऊर्जा जिम्मेवारी अनुरुप तय गरेर निभाउनुपर्छ

प्रधानमन्त्री केपी ओली चुनावताका भन्ने गर्थे– मसँग धेरै समय छैन। यो उनको स्वास्थ्य र सपना दुवैसँग जोडिएको थियो। भनाइको सार उनी छोटो समयमै समृद्धि हासिल गर्न चाहन्थे। किनकि स्वास्थ्यको हिसाबले उनीसँग धेरै समय छैन। यद्यपि प्रधानमन्त्री ओलीले समृद्धिको सपना व्यवहार उतार्न सकेको देखिंदैन।

तर रविन्द्र अधिकारीको मृत्युले कसको जीवन कति बाँकी छ भनेर निश्चित नहुने कुरा प्रमाणित गरेको छ। किनकि मसँग समय धेरै छैन भन्ने प्रधानमन्त्रीले आफ्नै क्याविनेटका जवान मन्त्रीलाई श्रदाञ्जली दिनुपर्‍यो। 

जीवन अनिश्चित छ भन्ने कुरा बाँच्ने जो–कोहीलाई थाहा छ। तर यो यथार्थलाई कति महसुस गरिन्छ भन्ने महत्वपूर्ण हो। मन्त्री अधिकारीले यो कुराको महसुस गरेको देखिन्छ। जीवन अनिश्चित छ भन्ने बोधले सकारात्मक सोच र ऊर्जा प्रदान गर्छ। केही गर्ने सोच र ऊर्जा थियो नै रवीन्द्र अधिकारीमा। भलै सेलिब्रेटीपन देखाउने रहरमा कताकता अप्ठ्यारोमा परेका थिए उनी।

राजनीतिज्ञको लागि सेलिबे्रटीपन उचित छैन। तर सकारात्मक सोच र ऊर्जा निरन्तर चाहिन्छ। तसर्थ दिवंगत मन्त्रीबाट सिक्नुपर्ने पाठ यही हो कि, मानिस सधैं सोच र ऊर्जाले युक्त हुनुपर्छ।

यो गर्छु वा त्यो गर्छु भन्ने रुमानी सपनाको खासै अर्थ रहँदैन। सोच र ऊर्जा जिम्मेवारी अनुरुप तय गरेर निभाउनुपर्छ।

राजनीतिको नाममा ढाकछोप र षडयन्त्र गर्नेहरु आफूलाई सत्तामा राखिराख्न सक्छन्।

यति हो कि मानिसको दूरगामी सोच समुन्नत समाज निर्माणको लागि हुनुपर्छ। त्यसको लागि निरन्तर केही गरिरहनुपर्छ।

जनतामाझ लोकप्रिय कुरा गर्ने तर व्यवहार नउतार्नेहरु चाँडै नै स्खलित हुन्छन्। राजनीतिको नाममा ढाकछोप र षडयन्त्र गर्नेहरु आफूलाई सत्तामा राखिराख्न सक्छन्। तर उनीहरुबाट समाज र जनताले केही पाउने सम्भावना न्युन हुन्छ। 

स्मार्ट केटा, जो टाढा पुग्नु अगावै अस्ताए  
त्यो ठाउँबाट, जहाँ जयजयकार रहिरहँदैन 

निश्चय नै रवीन्द्र अधिकारी बाँचेका भए उनले तय गर्नुपर्ने यात्रा लामो थियो। त्यो यात्रामा सधैं जयजयकार मात्र हुँदैन थियो। आलोचनाका मात्रा पनि बढ्दै जान्थ्यो। किनकि समय क्रममा सफलताको आकर्षण र प्रशिद्धी घट्दै जान्छ। यस्तो हुनुमा ‘एन्टी सेन्टिमेन्टमा अफ इन्क्युबेन्सी’ ले पनि काम गर्छ। तर उनको आकर्षण र प्रशिद्धी घट्दै जाँदा देस र जनताले केही न केही पाउने निश्चित थियो। किनकि उनी केही न केही गर्थे।

सिंहदरबार बाहिर रहेर विद्यार्थी राजनीति गर्दा होस् वा संविधानसभामा सभासद। सांसदको भूमिकामा होस् वा मन्त्रीको, देश बदल्नु पर्छ र त्यो बदल्ने काम हामी गर्छौं भन्ने हुटहुटी थियो रवीन्द्रमा। तर उनको सम्पूर्ण ऊर्जा देख्न पाएनौं। नखर्चिएको ऊर्जाले उनले हामीमाझ ऊर्जावान नेताको छवि बनाएर गए । त्यो ऊर्जा हामी सबैका लागि मूल्यवान शिक्षा हो। 

जीवन कुनै पनि बेला टुंगिन सक्छ। कामको थाती राख्नेलाई पूरा गर्न जीवन मिल्दैन। तसर्थ निरन्तर ऊर्जावान भएर केही गरिरहनु पर्छ। ठाउँ र समय अनुसारको भूमिकामा व्यक्ति दत्तचित्त हुनुपर्छ। रवीन्द्र अधिकारीको जीवनले सिकाएको पाठ यही हो। अधिकारीका शुभचिन्तकले यही पाठ व्यवहारमा देखाउनु नै उनीप्रतिको वास्तविक श्रदाञ्जली हुनेछ।

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी
सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? लोकतान्त्रिक पार्टीभित्र विचार फरक हुनु अस्वाभाविक होइन। तर ती मतभेद सार्वजनिक प्रतिस्पर्धा र शक्ति प्रदर्शनमा परिणत हुँदा त्यसले पा... शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
ताजा समाचारसबै
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव शनिबार, साउन २३, २०८३
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी शनिबार, साउन २३, २०८३
सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ] शनिबार, साउन २३, २०८३
आरजुबिना २८ गते स्वदेश फर्कंदै देउवा, विद्रोही कांग्रेसको भेलालाई सम्बोधन गर्ने शनिबार, साउन २३, २०८३
अग्रगामी मोर्चाको भेलामा सिके राउतले भने– हामी कुर्सी खोस्न होइन, संविधानअनुसार देश चलाउन एकजुट भएका हौं शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्