• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो    

64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  ०७:१०
1140x725

अंग्रेज कवि अल्फ्रेड इडवार्ड हाउसमेनको प्रशिद्ध कविता छ- ‘टु एन एथलेट डाइङ यंग’। कविताले प्रशिद्धि र सफलताको शिखरमा पुगेको बेला मरेको एक जवान धावकको कथा भन्छ।

कविताको भावअनुसार जवान हुँदै मर्नु धावकको लागि एउटा अवसर हो। अवसर यस अर्थमा कि धावकले शुभचिन्तकको आँखामा सधैं आफ्नो सफलता र प्रशिद्धी छाप छोड्न सफल छन्।

कवितामा प्रशंसा गरिएको धावकको जस्तै छाप छोडेर गएका छन्, पर्यटनमन्त्री रवीन्द्र अधिकारी। सम्झनेको नजरमा अधिकारीले प्रयास गरेका राम्रा कामकै फेहरिस्त लामो हुनेछ।

आजसम्म रवीन्द्र अधिकारी राजनीतिक करिअरको ग्राफमा निरन्तर उकालो लागेको थियो। विद्यार्थी आन्दोलनबाट उदाएका रवीन्द्रले विभिन्न मुद्दामा आन्दोलन गरे। आफ्नो आवाजलाई बुलन्द बनाए। ६४ सालको संविधानसभा निर्वाचन उनको लागि अर्को राजनीतिक छलाङ मार्ने बिन्दु बन्यो।

त्यो बेला उनी कास्कीबाट निर्वाचित भएका थिए। त्यस निर्वाचनताका उनी आवद्ध नेकपा एमालेको लागि प्रतिकूल अवस्था थियो। उनी ७० को संविधानसभा र ७४ को संसदीय निर्वाचनमा पनि निर्वाचित भए।

छिल्लो निर्वाचनमा हासिल गरेको विजयसँगै नयाँ भूमिका पाए, केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नगारिक उड्ययन मन्त्रीको जिम्मेवारी।

ऊर्जावान भएर केही गरिरहनु पर्छ। ठाउँ र समय अनुसारको भूमिकामा व्यक्ति दत्तचित्त हुनुपर्छ। रवीन्द्र अधिकारीको जीवनले सिकाएको पाठ यही हो।

यो जिम्मेवारीमा रहँदा उनमा केही गर्ने हतारो देखिन्थ्यो। त्यो हतारोकै कारण वाइडबडी जहाज कान्डमा विवादित पनि भए। तर उनले धेरै हदसम्म सम्भावना देखाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तिनै सम्भावनाको दायरालाई फराकिलो बनाउन खोज्दाखोज्दै उनी ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा बितेर गएका छन्। 

तिमीले तिम्रो सहरको प्रतियोगिता जित्दा
हाई हाई गर्दै तिमीलाई बजार घुमायौं 
मानिसहरु हाई हाई भन्दै सडकमा उभिएथे 
र हामीले तिमीलाई काँधमा बोकेर घर ल्यायौं। 
    
रवीन्द्र अधिकारीको राजनीतिक करिअर हाउसमेनको कविताको पहिलो अंश जस्तै थियो। उसको सफलतामा ठूलो भिडले जयजयकार ग¥यो। त्यो भिडले आफूले पनि उत्सव मनायो। यो खुसी फगत क्षणिक रमाइलो थिएन। सपनासँग जोडिएको आशा पनि थियो।

अधिकारी एक स्वप्नदर्शी थिए। एक राजनीतिज्ञको सपना केवल उसको निजी सपनामात्र हुँदैन। त्यसमा हजारौंको सपना जोडिएका हुन्छन्। ती जोडिएका हजारौं सपना अधिकारीको सफलतासँगै रमाएका थिए। अधिकारीको एउटा पूर्ण यात्राले आफ्नो सपना साकार हुन्छ भन्ने विश्वास थियो।

निश्चय नै यो सपनामा अधिकारीको निर्वाचन क्षेत्रमा मानिसहरु बढी थिए। तर उनको निर्वाचन क्षेत्र इतरको मानिस पनि कम भने थिएन उनीप्रतिको विश्वास। अफसोच, एउटा दुःखद दुर्घटनाले सबै परिस्थिति बदलिएको छ। 
    
आज, सडकमा सबै धावकहरु आउँछन्, 
हामी, काँधमाथि राखेर तिम्रो घर ल्याउँछौं (मरिसकेपछिको अवस्थामा)

Xtrem

Xtrem

एक चरण फेरि सबै नेताहरु रवीन्द्र अधिकारीलाई श्रदाञ्जली दिन पुगे, जसरी कवितामा धावकहरु सडकमा आएका थिए। अक्सर सहकर्मीहरु अधिकारीका शुभचिन्तक फेरि उनीसामु पुगे। विभिन्न मिडियामा प्रकाशित तस्बिरअनुसार, अधिकारीको दाहसंस्कारस्थलमा पनि भिड लाग्यो। त्यो भिडमा तिनीहरु पनि थिए जसले रवीन्द्रको समृद्धिको सपनामा आफ्नो पनि समृद्धि देखेका थिए।

शुभचिन्तकको भिड त उही थियो। जसरी धावकको बोक्ने काँधहरु थिए। तर त्यो भिड आशाबाट निराशामा परिणत भएको थियो। जसरी हर्सोल्लासका साथ विजय धावकलाई बोक्ने काँधले नै मरेपछि उसको लास बोकेको थियो। यो उदासीमा जीवनको पुरानै यथार्थ पुनरावृत्ति भएको छ कि जीवनको भर हुँदैन।

यो गर्छु वा त्यो गर्छु भन्ने रुमानी सपनाको खासै अर्थ रहँदैन। सोच र ऊर्जा जिम्मेवारी अनुरुप तय गरेर निभाउनुपर्छ

प्रधानमन्त्री केपी ओली चुनावताका भन्ने गर्थे– मसँग धेरै समय छैन। यो उनको स्वास्थ्य र सपना दुवैसँग जोडिएको थियो। भनाइको सार उनी छोटो समयमै समृद्धि हासिल गर्न चाहन्थे। किनकि स्वास्थ्यको हिसाबले उनीसँग धेरै समय छैन। यद्यपि प्रधानमन्त्री ओलीले समृद्धिको सपना व्यवहार उतार्न सकेको देखिंदैन।

तर रविन्द्र अधिकारीको मृत्युले कसको जीवन कति बाँकी छ भनेर निश्चित नहुने कुरा प्रमाणित गरेको छ। किनकि मसँग समय धेरै छैन भन्ने प्रधानमन्त्रीले आफ्नै क्याविनेटका जवान मन्त्रीलाई श्रदाञ्जली दिनुपर्‍यो। 

जीवन अनिश्चित छ भन्ने कुरा बाँच्ने जो–कोहीलाई थाहा छ। तर यो यथार्थलाई कति महसुस गरिन्छ भन्ने महत्वपूर्ण हो। मन्त्री अधिकारीले यो कुराको महसुस गरेको देखिन्छ। जीवन अनिश्चित छ भन्ने बोधले सकारात्मक सोच र ऊर्जा प्रदान गर्छ। केही गर्ने सोच र ऊर्जा थियो नै रवीन्द्र अधिकारीमा। भलै सेलिब्रेटीपन देखाउने रहरमा कताकता अप्ठ्यारोमा परेका थिए उनी।

राजनीतिज्ञको लागि सेलिबे्रटीपन उचित छैन। तर सकारात्मक सोच र ऊर्जा निरन्तर चाहिन्छ। तसर्थ दिवंगत मन्त्रीबाट सिक्नुपर्ने पाठ यही हो कि, मानिस सधैं सोच र ऊर्जाले युक्त हुनुपर्छ।

यो गर्छु वा त्यो गर्छु भन्ने रुमानी सपनाको खासै अर्थ रहँदैन। सोच र ऊर्जा जिम्मेवारी अनुरुप तय गरेर निभाउनुपर्छ।

राजनीतिको नाममा ढाकछोप र षडयन्त्र गर्नेहरु आफूलाई सत्तामा राखिराख्न सक्छन्।

यति हो कि मानिसको दूरगामी सोच समुन्नत समाज निर्माणको लागि हुनुपर्छ। त्यसको लागि निरन्तर केही गरिरहनुपर्छ।

जनतामाझ लोकप्रिय कुरा गर्ने तर व्यवहार नउतार्नेहरु चाँडै नै स्खलित हुन्छन्। राजनीतिको नाममा ढाकछोप र षडयन्त्र गर्नेहरु आफूलाई सत्तामा राखिराख्न सक्छन्। तर उनीहरुबाट समाज र जनताले केही पाउने सम्भावना न्युन हुन्छ। 

स्मार्ट केटा, जो टाढा पुग्नु अगावै अस्ताए  
त्यो ठाउँबाट, जहाँ जयजयकार रहिरहँदैन 

निश्चय नै रवीन्द्र अधिकारी बाँचेका भए उनले तय गर्नुपर्ने यात्रा लामो थियो। त्यो यात्रामा सधैं जयजयकार मात्र हुँदैन थियो। आलोचनाका मात्रा पनि बढ्दै जान्थ्यो। किनकि समय क्रममा सफलताको आकर्षण र प्रशिद्धी घट्दै जान्छ। यस्तो हुनुमा ‘एन्टी सेन्टिमेन्टमा अफ इन्क्युबेन्सी’ ले पनि काम गर्छ। तर उनको आकर्षण र प्रशिद्धी घट्दै जाँदा देस र जनताले केही न केही पाउने निश्चित थियो। किनकि उनी केही न केही गर्थे।

सिंहदरबार बाहिर रहेर विद्यार्थी राजनीति गर्दा होस् वा संविधानसभामा सभासद। सांसदको भूमिकामा होस् वा मन्त्रीको, देश बदल्नु पर्छ र त्यो बदल्ने काम हामी गर्छौं भन्ने हुटहुटी थियो रवीन्द्रमा। तर उनको सम्पूर्ण ऊर्जा देख्न पाएनौं। नखर्चिएको ऊर्जाले उनले हामीमाझ ऊर्जावान नेताको छवि बनाएर गए । त्यो ऊर्जा हामी सबैका लागि मूल्यवान शिक्षा हो। 

जीवन कुनै पनि बेला टुंगिन सक्छ। कामको थाती राख्नेलाई पूरा गर्न जीवन मिल्दैन। तसर्थ निरन्तर ऊर्जावान भएर केही गरिरहनु पर्छ। ठाउँ र समय अनुसारको भूमिकामा व्यक्ति दत्तचित्त हुनुपर्छ। रवीन्द्र अधिकारीको जीवनले सिकाएको पाठ यही हो। अधिकारीका शुभचिन्तकले यही पाठ व्यवहारमा देखाउनु नै उनीप्रतिको वास्तविक श्रदाञ्जली हुनेछ।

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्