• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर 

64x64
नेपाल लाइभ मंगलबार, चैत ५, २०७५  ०७:०५
1140x725

२०५२ सालमा माओवादीले रोल्पाको प्रहरी चौकी आक्रमण गरेर युद्ध सुरुवात गर्दा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले समस्या दुई/चार दिनमै प्रहरीले ठिक पार्ने प्रतिक्रिया दिएका थिए। तर त्यो युद्ध न त दुई/चार दिनमा साम्य भयो, न रोल्पाभित्र नै सीमित रह्यो।

दस वर्ष चलेको माओवादी युद्धमा १७ हजारले ज्यान गुमाए। हाल तिनै युद्धका एक हर्ताकर्ता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन्। तर दुर्भाग्य भन्नुपर्छ, रामबहादुर पनि कुनै समयका सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ ले समातेको फरक बाटोलाई खुमबहादुरकै आँखाले हेर्दैछन्। 

कम्युनिस्ट आदर्श एउटा सुन्दर परिकल्पना हो। व्यवहार साकार हुन्थ्यो त विरलैलाई यो आदर्श र दर्शनप्रति अरुचि हुन्थ्यो। विशेषतः युवा वर्गमा यसको आकर्षण बेजोड देखिन्छ। युवाको जोस र जाँगरले जहिले पनि द्रूत गतिको परिवर्तन होस् भन्ने चाहन्छ।

सिद्धान्ततः युवाले आफ्नो यस्तो भावनालाई कम्युनिस्ट दर्शनले सम्बोधन गरेको पाउँछ। हाल सरकारमा रहेका अधिकांश नेता यही आकर्षणलाई पार गरेर आएका हुन्। २०२८ को झापा विद्रोह होस् वा २०५२ को माओवादी युद्ध, त्यसमा आवद्ध धेरै नेताको कदम लहडबाजी मात्र थिएन। देसलाई सुशासनयुक्त, सभ्य, वर्गविहीन र विवेदरहित बनाउनुपर्छ भन्ने सोचबाट पनि प्रेरित थियो।

आज उनीहरु नै शक्तिशाली सरकारको नेतृत्व गरिरहेका छन्। तर हिजोको दिनमा विद्रोह र रक्तपातबाट राजनीतिक प्रभाव बढाएका कम्युनिस्टले देशको बागडोर सम्हाल्दा पनि परिणाम उत्साहजनक छैन। विप्लव स्वयंको असन्तुष्टि सैद्धान्तिक होला। तर सरकारसँग निराश जमातले सरकारको समृद्धिको नारालाई एउटा झुटको पुलिन्दा मात्र देख्छ।

यस्ता निराश युवाहरु विप्लवको पछि लाग्न थालेको खबर आएको छ। तसर्थ सरकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्धले एकथरी युवा जमातलाई भड्काउने खतरा हुन्छ। निश्चय नै त्यो भड्काइले निमन्त्रणा गर्ने भनेको भिडन्त हो। सरकार र कुनै विद्रोही राजनीतिक दलबीचको भिडन्त भनेको सशस्त्र युद्ध हो। सशस्त्र युद्धको मूल्य कति महँगो हुन्छ? त्यो बुझ्नलाई धेरै घोरिनु पर्दैन। ५२ देखि ६२ सालको एक दशक सम्झे पुग्छ। 

सरकारबाट निराश युवाहरु विप्लवको पछि लाग्न थालेको खबर आएको छ। तसर्थ सरकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्धले एकथरी युवा जमातलाई भड्काउने खतरा हुन्छ। निश्चय नै त्यो भड्काइले निमन्त्रणा गर्ने भनेको भिडन्त हो।

राजनीतिक दलको पृष्ठभूमि जुनै होस्, सरकारमा पुगेपछि उसले सत्ताको भाषा बोल्छ। सत्ताको भाषा सत्ता हाँक्नेको पृष्ठभूमिअनुसार फरकफरक हुँदैन। सत्ताको भाषा जहिले पनि शक्तिसँग जोडिएको हुन्छ। ऊ बल प्रयोगमा विश्वास गर्छ। मतभिन्नता त परको कुरा, यदि आफूलाई सहज हुन्छ भने हिजो आफैंले सत्ताबाहिर हुँदा पकडेको राजनीतिक मुद्दा पनि सरकारमा रहेकाले भुल्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार हाँक्नेले आफ्नै विगतको दर्शन र सिद्धान्त भुल्छ। हाल सरकारमा रहेकाले झापा विद्रोहलाई गलत थियो भन्न सक्दैनन्। माओवादी आन्दोलनलाई त समावेशी तथा गणतन्त्र स्थापनाको आधार स्तम्भ मान्छन्। हिजो आफूले हतियार उठाएको समयलाई गर्व मान्ने सरकारमा रहेका तिनै नेता विप्लवप्रति असहिष्णु देखिएका छन्। विप्लवको नेकपामाथि प्रतिबन्ध लगाएका छन्। प्रतिबन्धको कारण शान्ति–सुरक्षा भनेका छन् जो जनताको जिउधनसँग जोडिएको छ।

निश्चय नै जनताको जिउधनको सुरक्षा राज्यले गर्नुपर्छ। विप्लवको नेकपाले गरेको बिस्फोट कानुनसम्मत छैन र हुन पनि सक्दैन। बिस्फोटमा ज्यान गुमाएका तथा बाजुराबाट अपहरणमा परेका नेकपाको प्रदेश सांसदको अपहरणको आधारमा सरकारको तर्क सही पनि हो। विप्लवका यी क्रियाकलाप आपराधिक देखिन्छन्। तर यसको आधारमा प्रतिबन्ध लगाउनु सरकारको कदम बढी प्राविधिक देखिन्छ।

प्राविधिक कदम चालेर मात्र यस्ता समस्या समाधान हुँदैनन्। किनकि विप्लव एउटा राजनीतिक पृष्ठभूमि बोकेको पार्टी पनि हो। कम्युनिस्ट दर्शनको आधारमा राजनीतिक मुद्दाहरु उठाइरहेकै छन्। सरकारका कमजोरीमाथि औंला उठाइरहेका छन्। सरकारकै कमजोरीमा टेकेर युवाहरुलाई आकृष्ट गर्ने काम पनि जारी छ। यस्तो बेला सरकारले प्रतिबन्ध लगाएर समाधान हुँदैन। माहोल अझै भड्किंदै जान्छ। 

प्रतिबन्ध आफैंमा समाधान होइन। साथै चिन्ता विप्लवले अँगालेको राजनीतिक दर्शन र बाटोको मात्र पनि हैन। विप्लव त एक कारक मात्र हुन्। ठूलो चुनौती र समस्या भनेको हाम्रो आर्थिक, सामाजिक अवस्था र सरकारको कार्य–क्षमताको सिमा हो। यदि राज्यले निराश र असन्तुष्ट मानिस तथा युवा जमातमा आशा र उत्साह भर्न सक्ने हो भने विप्लवमाथिको प्रतिबन्धले केही फरक पार्दैन। तर देशमा केही होस् भन्ने ठूलो जमात निराश छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारको समृद्धिको नाराले मात्र निराश मनहरु प्रफुल्लित हुने छैनन्। विकासको काम गर्न अनेकन सिमा र अप्ठ्यारा छन्। द्रूत विकासको लागि जति बजेट आवश्यक छ, त्यो भन्दा धेरै कम हाम्रो वार्षिक बजेट छ। उसमाथि हाम्रो विकास प्रशासनले कहिले पनि पुँजीगत खर्च समयमै र प्रभावकारी ढंगले गर्न सकेको छैन। यसले विकास निर्माणको काम दूरदराजमा बसेकाले चाहेजस्तो भएको छैन।

पूर्व माओवादी नेता डा बाबुराम भट्टराई र हिसिला यमीले भर्खरै मध्यपहाडी लोकमार्ग भएर पूर्वपश्चिम यात्रा गरे। उनीहरुको हेराइ–बुझाइमा राप्ती र कर्णालीका कति ठाउँ माओवादी युद्धताका जस्तो थियो, आज पनि त्यस्तै नै छ। यी ठाउँहरु आजको भोलि सरकारले चाहेर पनि समृद्ध बनाउन सक्दैन। सरकारले जनताको आकांक्षा सम्बोधन गर्न नसकेको यस्तो ठाउँ विप्लवको लागि उर्वर भूमि बन्न सक्छ। 

विप्लवले के बुझ्न जरुरी छ भने, यो देशमा राजनीति आफैंमा सम्झौता हो। संघर्ष जति लम्बियोस्, त्यसको अवतरण सम्झौताकै मार्गमा हुन्छ। यहाँ भएका विद्रोह र आन्दोलन सम्झौतामै टुंगिएका छन्।

विप्लव कम्युनिस्ट आदर्शमा चलेका नेता हुन्। उनीहरु लक्ष्य प्राप्तिको निम्ति निरन्तर संघर्षमा विश्वास गर्छन्। तर विप्लवले यहाँ के बुझ्न जरुरी छ भने, यो देशमा राजनीति आफैंमा सम्झौता हो। संघर्ष जति लम्बियोस्, त्यसको अवतरण सम्झौताकै मार्गमा हुन्छ। यो देशमा भएका विद्रोह र आन्दोलन सम्झौतामै टुंगिएका छन्।

विप्लवको नजरमा क्रान्तिकारी परिवर्तनको निम्ति विगतमा नेताले गलत सम्झौता गरे। आफ्नै पार्टी नेता प्रचण्ड र बादल दक्षिणपन्थी सामु झुके। तर उनले आफ्नो आदर्श अनुकूलको सत्ता स्थापना गरेर छोड्छु भन्नु पनि दिवा–स्वप्न मात्र हो। किनकि कुनै पनि देशको विद्रोह आजको दुनियाँमा निरपेक्ष रहँदैन। त्यो अन्य देशको स्वार्थसँग जोडिन पुग्छ।

विदेशी स्वार्थले केही हदसम्म विद्रोहीलाई सहयोग पुग्ला। तर विद्रोहीलाई निस्तेज पार्न लाग्ने विदेशी शक्ति पनि हुन्छन्। यस्तो बेला विप्लवको हतियारबन्द राजनीतिले हलचल ल्याउला तर उनले सोचेजस्तो शासनसत्ता भने स्थापना गर्न सक्दैनन्। र कम्युनिस्ट आदर्श र हतियारको राजनीति मात्र क्रान्तिकारिता हैन। नेत्रविक्रम चन्द ‘विप्लव’ले यो कुरा महसुस गर्न जरुरी छ।

क्रान्ति भनेको परिवर्तन हो। हतियार नउठाउने र उठाउन नचाहनेहरु पनि परिवर्तनका पक्षमा हुन्छन्। कम्युनिस्ट सिद्धान्त नमान्नेहरु पनि समानता र शुसासनका पक्षमा छन्। शान्तिपूर्ण बाटोबाट पनि परिवर्तन सम्भव हुन्छ। तसर्थ कम्युनिस्ट सिद्धान्त नै क्रान्तिको पर्याय हो भन्ने भ्रमबाट बाहिर आउनुपर्छ। अन्यथा उही गन्तव्यमा पुग्न पनि धेरै मूल्य चुकाउनुपर्छ। 

सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्धले अनिष्टको संकेत गरेको छ। यो बेला १० वर्षे माओवादी युद्धका सहयात्री रामबहादुर थापा ‘बादल’ सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ विद्रोहीको रुपमा उभिएका छन्। दुवैले भिडन्तको बाटो रोजेको देखिन्छ। एकअर्कालाई क्षति गरेपछि सम्झौताको बाटो रोज्नु उचित हैन। शान्तिपूर्ण बाटोको लागि बढी भूमिका सरकारकै हुन्छ। तसर्थ रामबहादुर थापाले गृहमन्त्री भएर खुमबहादुर खड्काको बाटो पछ्याउनु हुँदैन। ‘बादल’ भएर विप्लवको ‘मनोभावना’लाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। 
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्