• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०७५  ०६:१५
1140x725

नेपाली कांग्रेसभित्र द्वन्द्व र एकता मञ्चनको कथा नयाँ होइन। राजनीतिक दलको इतिहास नियाल्दा द्वन्द्व स्वार्थ-सृजित देखिन्छ। एकता सो द्वन्द्व निवारणको बाध्यात्मक कदम हो।

पटकपटक एकताको प्रहसन हुनु सुखद होइन। यद्यपि हरेक एकताका गतिविधिले पाठ सिकाउने र कार्यकर्तामा ऊर्जा भर्ने काम गर्छ। तर यसपालि कांग्रेस एकताको नाटक मञ्चन फितलो रह्यो। यो चाहिँ निश्चय नै कांग्रेसीजन र लोकतन्त्रवादीको लागि सुखद खबर रहेन।  

कांग्रेस महासमितिको बैठक चल्दै गर्दा विजय गच्छदारले एक सुन्दर दृश्यको परिकल्पना गरेका थिए। गच्छदार तिनै पात्र हुन्, जसले कांग्रेस नेतृत्वसँग गुनासो पोख्दै पहिलो संविधानसभाको चुनावअघि पार्टी छोडेका थिए। एक दशक उनले मधेसको मुद्दा 'बेच्दै' आफूलाई राम्रै 'मुनाफा' दिलाए। संविधान निर्माणपछि आफ्नो राजनीतिक यात्रा धरापमा देखे। राजनीतिक दाउपेचमा सिद्धहस्त गच्छदारले लोकतन्त्रको सबलीकरण गर्ने भन्दै कांग्रेस फर्किए। पार्टी एकताको नाममा कांग्रेस फर्किएका गच्छदारले कांग्रेसका सदाबहार पक्ष–प्रतिपक्षलाई महासमिति बैठकमा हात मिलाउन अनुरोध गरे। महासमिति बैठकका अग्रभागमा बसेका पौडेल र देउवाले गच्छदारको अनुरोधमा हात त मिलाए तर यो काम लोकलाज ढाक्नमा सीमित थियो। यो दृश्यमा दुई नेताको ‘टाइमिङ’ र ‘एक्टिङ’ दुवै मिलेको थिएन। देख्नेहरुको लागि यो प्रहसन पूरै खल्लो थियो। मञ्चन हुनुअघि अभ्यास नपुगेको नाटक जस्तो। 

राजनीति लगायत कुनै पनि क्षेत्रमा एकता हुन मन र श्वार्थ मिल्नुपर्छ। यी दुवै काम हात मिलाए जस्तो सजिलो छैन। तर पनि समय-समयमा एकता जरुरी छ। किनकि निरन्तर द्वन्द्व चलिरह्यो भने शक्ति क्षय हुँदै जान्छ। 

यथार्थ के हो भने राजनीतिमा भएका हर मिलापमा मन र श्वार्थको यथार्थ मेल हुँदैन। कार्यकर्तामा ऊर्जा भरेर पार्टीलाई चलायमान वा सशक्त बनाउन गरिएको खेल पनि हुन्छ, एकता। तर यो खेलको दृश्यलाई वास्तविक र प्रभावकारी देखाउन पर्दापछाडि धेरै अभ्यास गर्नुपर्छ। ताकि पर्दाअगाडि आउँदा ति दृश्यमा कृत्रिमताको गन्ध नआओस्। एउटा वास्तविक कलाको रुपमा झल्कियोस्। 

तर, अभ्यास नपुगेको कांग्रेसको एकतामा कलाको मात्रामा कमी भएर भद्दा मजाकमा परिणत भएको छ। 

कांग्रेसमा शीर्ष नेताहरुको द्वन्द्व श्वार्थ समूहहरुको परावर्तन (रिफ्लेक्सन) हो। यो कुनै नयाँ समस्या भने होइन। भलै पछिल्लो महाधिवेशनदेखि कृष्णप्रसाद सिटौला पनि च्याँखे थाप्ने नयाँ खेलाडी भएका छन्। बेलैमा समस्या सम्बोधन नभए अरु खेलाडी पनि जन्मिन सक्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

द्वन्द्व व्यवस्थापनको सिद्धान्त अनुसार समयमै समस्या समाधान नभए त्यसमा खेल्ने श्वार्थ–समूहको संख्या बढ्दै जान्छ। तर, शीर्ष नेताले चल्दै आएको यस्ता समस्यालाई पुरानो घाउको रुपमा लिएको बुझिन्छ। पुरानो घाउ नदुख्ने होइन, दुखे पनि सहन सक्ने आदत हुन्छ। कांग्रेसको शीर्ष नेतृत्व आफूले भनेको शैलीमा उपचार भए ठिक छ, नत्र घाउ सहन समस्या छैन भन्ने मनोविज्ञानबाट ग्रसित देखिन्छ। यो मनोविज्ञानले सामान्य घाउलाई क्यान्सरमा परिणत गराउने खतरा हुन्छ। कांग्रेसीजनमा यो सचेतना बेलैमा आउनु जरुरी छ। 

गुटको श्वार्थगत समस्या उपचार नहुने गरी बिग्रियो भने त्यसले सिंगो कांग्रेसको अस्तित्व खतरामा पर्छ। कुनै गुट विशेष मात्र प्रभावित हुँदैन। जीवन नै नरहेपछि सपना र स्वार्थको अर्थ रहँदैन। कांग्रेस नै नरहेपछि कांग्रेसीको सपना स्वत: आर्यघाटमा पुग्छ। यस्ता अशुभ संकेत महासमिति बैठकमै देखिन सुरु भएको छ। 

महासमिति बैठकमा भाग लिन देशभरिबाट कार्यकर्ता काठमाडौं आएका थिए। उनीहरुमा महासमितिबाट ठूलो अपेक्षा थियो। उत्साह पुगेर आफ्नो क्षेत्रमा पर्खिन चाहन्थे। अफसोस, उद्घाटनमा सरकारविरुद्ध आगो ओकलेका कांग्रेस नेताहरु आन्तरिक समस्यामा जुहारी खेल्न थाले। लोकतन्त्र र पार्टी हितको नाममा नेताका व्यक्तिगत श्वार्थहरु छताछुल्ल भए। नेताको व्यवहार र श्वार्थबाट आजित अधिकांश कार्यकर्ता महासमिति बैठक नसकिँदै फर्किए। तिनको निराश मनोविज्ञान बुझ्न कठिन छैन। चुनावी परिणामले निराश कार्यकर्ता महासमिति बैठकमा देखिएको विवादले थप निराश छन्। उनीहरुले कांग्रेसलाई पुरानो लयमा कसरी फर्काउलान्? वा उनीहरुको निराशा बढ्दै गयो भने कांग्रेसको प्रभाव कहाँसम्म खस्किएला? यो पक्षलाई बुझ्न जरुरी छ।

Xtrem

Xtrem

महासमिति बैठकबाट निर्मित राज्य संरचना अनुरुपको विधानलाई कांग्रेसले उपलब्धि मानेको छ। कांग्रेस प्रवक्ताले तीनतिर फर्किएको नेतृत्व एकैतिर फर्किएको दाबी पनि गरे। प्रवक्ताको यो दाबीलाई महासमिति बैठकलगत्तै तीनमध्ये एक मुख सिटौलाले शंकाको घेरामा पारिदिएका थिए। 

रामचन्द्र पौडेलले त दमौली पुगेर सपाट रुपमा एकता नभएको प्रमाण पेस गरिदिए। संस्थापन भएकाले शेरबहादुर देउवा एकताको गीत गाउन बाध्य छन्। वा एकता भएको छैन भन्न सकिरहेका छैनन्। तर प्रतिपक्षका रुपमा रहेका पौडेल र सिटौलाले कांग्रेसको अन्तरद्वन्द्व यथावत् रहेको दशीप्रमाण पेस गरिसके। स्थानीय तहबाहेक संघ र प्रान्तमा कांग्रेसको सरकार छैन। संख्यात्मक उपस्थिति र प्रभावको हिसाबले प्रतिपक्षको रुपमा पनि कमजोर छ। यस्तो बेला नेतृत्वबाट केही सकरात्मक सन्देशको सञ्चार जरुरी थियो। तर, अन्तरद्वन्द्वको निरन्तरताले कांग्रेसी कार्यकर्ता थप निराश हुनेछन्। यसको पहिलो असर महासमिति बैठकले निर्माण गरेका दस्तावेज कार्यान्वयनमा देखिनेछ। यस्तो अवस्थामा राज्य संरचना अनुसारको कांग्रेसको संरचना बनाउनमा असहज हुनेछ। संरचनामा को र कसका मान्छे बस्ने लडाइँ सुरु हुनेछ। गुटको लडाइँले संरचना निर्माणमा ढिलाइ हुनु स्वाभाविक हुन जान्छ। साथै बल्लतल्ल पदपूर्ति भएको संरचनामा सुरुमै द्वन्द्वको बिजारोपण हुन्छ।

अहिले कांग्रेसको आवश्यकता भनेको नयाँ संरचनामार्फत कांग्रेसको उपस्थिति प्रभावकारी बनाउनु हो। संरचनामा बसेका पदाधिकारीमा मिलाप नभएपछि त्यसको प्रभावकारिता पनि कम हुन्छ। तसर्थ अहिलेको अवस्थामा बलियो कांग्रेसको नारा जप्दै गर्ने नेताले एकताको प्रहसन दमदार बनाउनु जरुरी छ। महासमिति बैठकले यस्तो सन्देश दिन सकेन। बैठक एक असफल उपचारको प्रयास सिद्ध भएको छ, जसले प्रमुख समस्या नै निदान गर्न सकेन। 

राजनीतिक दलबाट पारित दस्तावेज कार्ययोजना र द्वन्द्व निवारण दुवै हुन्। कांग्रेस महासमिति बैठकले ल्याएको दस्तावेज कांग्रेसको आगामी योजना पनि हो। तर दस्तावेजले द्वन्द्व निवारण गर्न भने सकेन। निश्चय नै आन्तरिक झगडा सुल्झाउन देउबाको भूमिका अहम् हुन्छ।

तर, पौडेल र सिटौलाले पनि सधै च्याँखे थापेर बस्नु हुँदैन। नत्र आफ्नै उपचारमा असफल कांग्रेसले राजनीतिक मुद्दाहरुको उपचार गर्न सक्दैन।

'महासमितिपछिकाे कांग्रेस' सिरिजका अन्य स्टोरी:

महासमितिपछिको कांग्रेस- १ : हार्डवेयर बदल्यो, सफ्टवेयर पुरानै

महासमितिपछिकाे कांग्रेस- २ : हिन्दु राष्ट्र बोक्यो कि छाड्यो? 

महासमितिपछिकाे कांग्रेस- ३ : ‘मास बेस्ड’ पार्टी कि ‘क्याडर बेस्ड’? 

महासमितिपछिको कांग्रेस- ४ : दस्तावेज प्रगतिशील, नेतृत्वबारे प्रश्नचिह्न 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’
सभामुख अर्याल तान्जानिया प्रस्थान
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्