• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३, २०७६  १३:४१
1140x725

मिस नेपाल प्रतियोगिताले करिब अढाई दशकको यात्रा तय गरेको छ। यहाँसम्मको यात्रामा प्रतियोगिता गराउने संस्थाले धेरै पटक पुँजीवादको मतियार भएको चर्को आरोप खेप्नुपर्‍यो। विरोध गर्नेहरु मानिसको आन्तरिक सुन्दरतामा जोड दिनुपर्छ भन्ने कम्युनिस्ट वा कम्युनिस्ट दर्शनमा विश्वास गर्नेहरु थिए। पछिल्लो पटक यो प्रतियोगिताले कम्युनिस्ट राजनीतिज्ञको सन्तानलाई नै मिस नेपालको ताज पहिर्‍याइदियो।

सुन्दरी प्रतियोगिता हो कि सौन्दर्य भन्ने बहस चल्दै आएको छ। सायद यो बहस अनन्तकालसम्म चल्नेछ। यसका हिमायतीहरु यसलाई सुन्दरी प्रतियोगिताको रुपमा स्वीकार्न तयार छैनन्। उनीहरुको निम्ति सौन्दर्य प्रतियोगिता नै हो। तर केही समयअघि प्रतियोगिताको अडिसनको क्रममा खिचिएको भिडियो क्लिपले प्रमाणित गरिसकेको छ कि मिस नेपाल सौन्दर्य प्रतियोगिता होइन। विशुद्ध सुन्दरी प्रतियोगिता हो। यसले मानिसको जीवनपर्यन्त बाँच्ने आन्तरिक सुन्दरता होइन, जवानी र उमेरमा चम्कने बाह्य सुन्दरता मात्र खोज्छ। किनकि यस्ता प्रतियोगिता आफैमा पुँजीवादको उत्पादन हुन्, जसले बौद्धिक सौन्दर्यलाई चिन्दैन। 

सामाजिक सञ्जालमार्फत बाहिरएको भिडियोले राम्रै तरंग पैदा गर्‍यो। बिनाशृंगार अडिसनमा पुगेकी एक युवतीमाथि निर्णायक रचना गुरुङ आक्रोशित रुपमा प्रस्तुत भइन्। आक्रोशको कारण थियो, ती युवतीले निर्णायकहरु माथि गरेको अनादर। युवतीले गरेका अनादरको मानक गजबको थियो – बिनाशृंगार निर्णायकसामु प्रस्तुत हुनु। त्यसमाथि पनि उनले कमजोर आँखामा कन्ट्याक्ट लेन्स राख्नुको सट्टा शास्त्रीय ढाँचाको चस्मा प्रयोग गरेकी थिइन्। गुरुङका अनुसार २१औं शताब्दीको मिस नेपाल प्रतियोगितामा शृंगार र साजसज्जा बिनाको हुलिया लिएर आउनु निर्णायकहरुको अपमान हो। यहाँ अनादरको मानक विशुद्ध कस्मेटिक उत्पादन तथा साधनको प्रयोगसँग जोडिएको छ। आदर र अनादरको हेक्का राख्ने ती निर्णायक स्वयंलाई आदरको परिभाषा थाहा भए जस्तो लाग्दैन। 

रचना गुरुङ केवल एक माध्यम वा निमित्त पात्र हुन्। वास्तवमा त्यहाँ रहेका अन्य निर्णायकको सोच पनि उनको भन्दा फरक हुन्न। उनीहरु सबै पुँजीवादको उद्देश्य र त्यसको परिपूर्तिको संरचनामा बाँधिएका पात्रहरु हुन्।

रुखो भाषाशैली र हाउभाउ प्रयोग गरेर ती निर्णायकले प्रतियोगीको मानमर्दन गरेकी छन्। बदलामा सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिन पुगे। सामाजिक सञ्जालको पर्खाल रंगिएको यो विवादमा निर्णायक गुरुङले तय गरेको आदर सम्मानको मानकसँग सायदै कोही सहमत हुन्छन्। सम्भवत: उनी आफै पनि सहमत छैनन्। किनकि कुनै व्यक्तिको निर्दोषले कसैलाई अपमान र अनादर गर्दैन। गुरुङले तय गरेको सम्मानको मानक अस्थायी हो। तर यो मानकको परिभाषाबाट पुँजीवादको स्थायी उद्देश्य उजागर भएको छ। यस्ता प्रतियोगिताले कुनै युवती तथा महिलाको सभ्यता, बौद्धिकता र तीक्ष्णता जाँच्दैन भन्ने प्रमाण पेस भएको छ।

अक्सर संस्था होस् वा व्यक्ति, तिनीहरुको अडान र स्वार्थमा तालमेल भइराखेको हुँदैन। कुनै पनि व्यक्ति वा संस्था बृहत्तर हितको लागि कुरा गर्छ। यो बाध्यता पनि हो। बृहत्तर हितको कुरा गरेन भने जनसमर्थन जुर्दैन। जनसमर्थन भएन भने सफलता मिल्दैन। तर अर्कोतिर सबैले पहिलो प्राथमिकता आफ्नै स्वार्थलाई दिने हो। अरुको हित गर्छु भनेर आफ्नो हित सोच्ने संस्था वा व्यक्ति निरन्तर अभिनयमा हुन्छ। आफू वा आफ्नो खास उद्देश्य जे हो, त्यो व्यक्तिले देखाइरहेको हुँदैन। तर ध्यान भने त्यही स्वार्थपूर्ति गर्नमा केन्द्रित हुन्छ। कहिलेकाहीँ यस्ता व्यक्तिहरु अभिनय गर्न चुक्छन् र वास्तविकता छल्किन्छ। मिस नेपाल प्रतियोगितामा पनि एउटा वास्तविकता छल्किएको मात्र हो। 

रचना गुरुङ केवल एक माध्यम वा निमित्त पात्र हुन्। वास्तवमा त्यहाँ रहेका अन्य निर्णायकको सोच पनि उनको भन्दा फरक हुन्न। उनीहरु सबै पुँजीवादको उद्देश्य र त्यसको परिपूर्तिको संरचनामा बाँधिएका पात्रहरु हुन्। तसर्थ, यस्तो प्रतियोगिताको उदेश्य बौद्धिक नभएर भौतिक सुन्दरताको खोजी नै हो। 

मिस नेपाल प्रतियोगिता र पपुलर कल्चरमा यसको स्थान आफैमा भौतिक सुन्दरता चम्काउने शैली हो। सौन्दर्य निखार्ने प्रयास कदापि होइन।

Ncell 2
Ncell 2
nimb
nimb

पुँजीवादको उद्देश्य मुनाफा हो। मुनाफाले त्यस्तो वस्तु खोज्छ, जो छिटो तयार हुन्छ र बिकाउ हुन्छ। भौतिक सुन्दरताको चर्चा छिटो हुन्छ। त्यति छिटो बौद्धिक सुन्दरता निर्माण हुँदैन। पुँजीवादी दुनियाँमा बौद्धिकभन्दा भौतिक सुन्दरताकै प्रभाव बढी हुन्छ। पुजीवाँदको रणनीति भनेको मानिसको मनोविज्ञान बदल्नु र त्यो मनोविज्ञान अनुरुप वस्तु तथा चिज उत्पादन गरेर बेच्नु पनि हो। पुँजीवाद प्रभावित मस्तिष्क चाँडै चम्किने र भौतिक रुपमा सुन्दर देखिने चिजको खोजीमा हुन्छन्। भलै ती चमकहरु वास्तविक र टिकाउ नहोउन्। मानिसको यस्तो मनोविज्ञान बुझेको पुँजीवादले भौतिक रुपमा सुन्दर चिजलाई रङरोगन गरेर अझ चम्काउँछ। यसको चर्चा-परिचर्चा गरेर वस्तुको मूल्य उच्च गराउँछ। भलै मूल्य सधैं पैसामा मात्र निर्धारण हुँदैन। 

मिस नेपाल प्रतियोगिता र पपुलर कल्चरमा यसको स्थान आफैमा भौतिक सुन्दरता चम्काउने शैली हो। सौन्दर्य निखार्ने प्रयास कदापि होइन। अनादरको मानक तय गर्दा रचना गुरुङले फुत्काएका शब्द र वाक्यको आसय यही हो। 

बौद्धिक सुन्दरताले मानिसको ज्ञान, तीक्ष्णता र सभ्यताको मापन गर्छ। यो व्यक्ति स्वयंले शिक्षा, ज्ञान र अनुभवबाट वृद्धि गर्दै लग्ने हो। यसको लागि कुनै निश्चित उमेर हद तोकिनु हुन्न। यस्तो सुन्दरतालाई व्यक्तिको आन्तरिक सुन्दरता पनि भनिन्छ। 

विजेता प्रतियोगीहरुको अर्को धोको अन्तराष्ट्रिय मञ्चहरुमा नेपाललाई बुद्धको देश भनेर चिनाउनु हुन्छ। युवा र सगरमाथाको देश भन्न पनि छुटाउँदैनन्। तर कुनै इतिहास र प्रकृतिबाट प्राप्त वस्तु देखाएर देश चिनाउन खोज्नेको तर्कशास्त्रमा दम देखिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्राचीन समयमा ग्रिसेली दार्शनिकहरु यस विचारका पक्षपाती थिए। बौद्धिक र भौतिक सुन्दरताको सम्बन्ध ठिक विपरीत हुन्छ। बौद्धिक सुन्दरता उमेरसँगै बढ्दै जान्छ र जीवन पर्यन्त चल्छ। बौद्धिक सुन्दरता भएकाहरु सिंगो मानव समाजको हित सोच्छन्। उनीहरु समाजको विविध पक्षलाई गहिरिएर नियाल्ने र बुझ्ने प्रयास गर्छन्। तर, 'यो देशमा महिलालाई आरक्षण चाहिन्छ कि चाहिँदैन' भन्ने प्रश्नमा, राष्ट्रपति र सभामुख महिला भइसकेकाले आरक्षण चाहिँदैन भन्ने प्रतियोगी पनि थिए। यी प्रतियोगीले नेपालका महिलाको अवस्थाबारे कस्तो ज्ञान राख्छन् भन्ने कुरा उनको उत्तरबाट थाहा हुन्छ। अचम्म त तिनै प्रतियोगीले विजेताको ताज पहिरिन्छिन्। यस्ता विजेताको ज्ञान सतही र बनिबनाउ थियो/हुन्छ भन्नेमा सन्देह छैन। समाजलाई गहिराइमा नबुझ्ने प्रतियोगी र विजेतामध्ये अधिकांशको सोच समाजसेवा वा वातावरण संरक्षणमा हुन्छ। तर दुर्भाग्य, उनीहरु मध्ये धेरैको समाजसेवा कुनै सिमान्तकृतको बस्तीमा गरेको एकाध भ्रमणसँगै टुंगिन्छ। वातावरण संरक्षण गर्छौं भन्नेहरु कतै एकाध रुखका बिरुवा रोपेर कर्मकाण्ड पूरा गर्छन्। 

विजेता प्रतियोगीहरुको अर्को धोको अन्तराष्ट्रिय मञ्चहरुमा नेपाललाई बुद्धको देश भनेर चिनाउनु हुन्छ। युवा र सगरमाथाको देश भन्न पनि छुटाउँदैनन्। तर कुनै इतिहास र प्रकृतिबाट प्राप्त वस्तु देखाएर देश चिनाउन खोज्नेको तर्कशास्त्रमा दम देखिँदैन। युवाको देश भन्ने तर युवाको अवस्थालाई विश्लेषण गर्न नसक्नेको बौद्धिकता कस्तो बौद्धिकता हो? युवाको देश भन्ने तर युवाको संख्या धेरै हुनुमा गरिबी, अशिक्षा र बालविवाहको भूमिका देख्न नसक्नेले समाजसेवा कसरी गर्ला? किनकि समाजसेवा गर्नेले त समाजको विकासक्रम र समाजको विभिन्न आयाम पनि बुझ्नुपर्छ। यी कुरा कुनै प्रतियोगिताको एक महिने तालिमले प्रदान गर्न सक्दैन। यसका लागि समाज र जीवन बुझ्ने रुचि र निरन्तर लागिरहने ऊर्जा चाहिन्छ। 

अन्त्यमा, यथार्थ यो पनि हो कि आजको युवा पिँढीको लागि यस्तो प्रतियोगिता नाम र दाम कमाउने राम्रो मञ्च हो। यसले युवा पिँढीलाई विभिन्न अवसर पनि प्रदान गरेको छ। अर्को यथार्थ यो पनि हो कि छोटो समयको प्रतियोगिताले भौतिक सुन्दरता चम्काउला तर सौन्दर्य चेतलालाई फराकिलो पार्दैन। र, सौन्दर्य चेतलाई फराकिलो पार्न नसक्ने प्रतियोगिता सौन्दर्य प्रतियोगिता हुन सक्दैन।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्