• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन १४, २०८३ Thu, Jul 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३, २०७६  १३:४१
1140x725

मिस नेपाल प्रतियोगिताले करिब अढाई दशकको यात्रा तय गरेको छ। यहाँसम्मको यात्रामा प्रतियोगिता गराउने संस्थाले धेरै पटक पुँजीवादको मतियार भएको चर्को आरोप खेप्नुपर्‍यो। विरोध गर्नेहरु मानिसको आन्तरिक सुन्दरतामा जोड दिनुपर्छ भन्ने कम्युनिस्ट वा कम्युनिस्ट दर्शनमा विश्वास गर्नेहरु थिए। पछिल्लो पटक यो प्रतियोगिताले कम्युनिस्ट राजनीतिज्ञको सन्तानलाई नै मिस नेपालको ताज पहिर्‍याइदियो।

सुन्दरी प्रतियोगिता हो कि सौन्दर्य भन्ने बहस चल्दै आएको छ। सायद यो बहस अनन्तकालसम्म चल्नेछ। यसका हिमायतीहरु यसलाई सुन्दरी प्रतियोगिताको रुपमा स्वीकार्न तयार छैनन्। उनीहरुको निम्ति सौन्दर्य प्रतियोगिता नै हो। तर केही समयअघि प्रतियोगिताको अडिसनको क्रममा खिचिएको भिडियो क्लिपले प्रमाणित गरिसकेको छ कि मिस नेपाल सौन्दर्य प्रतियोगिता होइन। विशुद्ध सुन्दरी प्रतियोगिता हो। यसले मानिसको जीवनपर्यन्त बाँच्ने आन्तरिक सुन्दरता होइन, जवानी र उमेरमा चम्कने बाह्य सुन्दरता मात्र खोज्छ। किनकि यस्ता प्रतियोगिता आफैमा पुँजीवादको उत्पादन हुन्, जसले बौद्धिक सौन्दर्यलाई चिन्दैन। 

सामाजिक सञ्जालमार्फत बाहिरएको भिडियोले राम्रै तरंग पैदा गर्‍यो। बिनाशृंगार अडिसनमा पुगेकी एक युवतीमाथि निर्णायक रचना गुरुङ आक्रोशित रुपमा प्रस्तुत भइन्। आक्रोशको कारण थियो, ती युवतीले निर्णायकहरु माथि गरेको अनादर। युवतीले गरेका अनादरको मानक गजबको थियो – बिनाशृंगार निर्णायकसामु प्रस्तुत हुनु। त्यसमाथि पनि उनले कमजोर आँखामा कन्ट्याक्ट लेन्स राख्नुको सट्टा शास्त्रीय ढाँचाको चस्मा प्रयोग गरेकी थिइन्। गुरुङका अनुसार २१औं शताब्दीको मिस नेपाल प्रतियोगितामा शृंगार र साजसज्जा बिनाको हुलिया लिएर आउनु निर्णायकहरुको अपमान हो। यहाँ अनादरको मानक विशुद्ध कस्मेटिक उत्पादन तथा साधनको प्रयोगसँग जोडिएको छ। आदर र अनादरको हेक्का राख्ने ती निर्णायक स्वयंलाई आदरको परिभाषा थाहा भए जस्तो लाग्दैन। 

रचना गुरुङ केवल एक माध्यम वा निमित्त पात्र हुन्। वास्तवमा त्यहाँ रहेका अन्य निर्णायकको सोच पनि उनको भन्दा फरक हुन्न। उनीहरु सबै पुँजीवादको उद्देश्य र त्यसको परिपूर्तिको संरचनामा बाँधिएका पात्रहरु हुन्।

रुखो भाषाशैली र हाउभाउ प्रयोग गरेर ती निर्णायकले प्रतियोगीको मानमर्दन गरेकी छन्। बदलामा सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिन पुगे। सामाजिक सञ्जालको पर्खाल रंगिएको यो विवादमा निर्णायक गुरुङले तय गरेको आदर सम्मानको मानकसँग सायदै कोही सहमत हुन्छन्। सम्भवत: उनी आफै पनि सहमत छैनन्। किनकि कुनै व्यक्तिको निर्दोषले कसैलाई अपमान र अनादर गर्दैन। गुरुङले तय गरेको सम्मानको मानक अस्थायी हो। तर यो मानकको परिभाषाबाट पुँजीवादको स्थायी उद्देश्य उजागर भएको छ। यस्ता प्रतियोगिताले कुनै युवती तथा महिलाको सभ्यता, बौद्धिकता र तीक्ष्णता जाँच्दैन भन्ने प्रमाण पेस भएको छ।

अक्सर संस्था होस् वा व्यक्ति, तिनीहरुको अडान र स्वार्थमा तालमेल भइराखेको हुँदैन। कुनै पनि व्यक्ति वा संस्था बृहत्तर हितको लागि कुरा गर्छ। यो बाध्यता पनि हो। बृहत्तर हितको कुरा गरेन भने जनसमर्थन जुर्दैन। जनसमर्थन भएन भने सफलता मिल्दैन। तर अर्कोतिर सबैले पहिलो प्राथमिकता आफ्नै स्वार्थलाई दिने हो। अरुको हित गर्छु भनेर आफ्नो हित सोच्ने संस्था वा व्यक्ति निरन्तर अभिनयमा हुन्छ। आफू वा आफ्नो खास उद्देश्य जे हो, त्यो व्यक्तिले देखाइरहेको हुँदैन। तर ध्यान भने त्यही स्वार्थपूर्ति गर्नमा केन्द्रित हुन्छ। कहिलेकाहीँ यस्ता व्यक्तिहरु अभिनय गर्न चुक्छन् र वास्तविकता छल्किन्छ। मिस नेपाल प्रतियोगितामा पनि एउटा वास्तविकता छल्किएको मात्र हो। 

रचना गुरुङ केवल एक माध्यम वा निमित्त पात्र हुन्। वास्तवमा त्यहाँ रहेका अन्य निर्णायकको सोच पनि उनको भन्दा फरक हुन्न। उनीहरु सबै पुँजीवादको उद्देश्य र त्यसको परिपूर्तिको संरचनामा बाँधिएका पात्रहरु हुन्। तसर्थ, यस्तो प्रतियोगिताको उदेश्य बौद्धिक नभएर भौतिक सुन्दरताको खोजी नै हो। 

मिस नेपाल प्रतियोगिता र पपुलर कल्चरमा यसको स्थान आफैमा भौतिक सुन्दरता चम्काउने शैली हो। सौन्दर्य निखार्ने प्रयास कदापि होइन।

nimb
nimb
Ncell 2
Ncell 2

पुँजीवादको उद्देश्य मुनाफा हो। मुनाफाले त्यस्तो वस्तु खोज्छ, जो छिटो तयार हुन्छ र बिकाउ हुन्छ। भौतिक सुन्दरताको चर्चा छिटो हुन्छ। त्यति छिटो बौद्धिक सुन्दरता निर्माण हुँदैन। पुँजीवादी दुनियाँमा बौद्धिकभन्दा भौतिक सुन्दरताकै प्रभाव बढी हुन्छ। पुजीवाँदको रणनीति भनेको मानिसको मनोविज्ञान बदल्नु र त्यो मनोविज्ञान अनुरुप वस्तु तथा चिज उत्पादन गरेर बेच्नु पनि हो। पुँजीवाद प्रभावित मस्तिष्क चाँडै चम्किने र भौतिक रुपमा सुन्दर देखिने चिजको खोजीमा हुन्छन्। भलै ती चमकहरु वास्तविक र टिकाउ नहोउन्। मानिसको यस्तो मनोविज्ञान बुझेको पुँजीवादले भौतिक रुपमा सुन्दर चिजलाई रङरोगन गरेर अझ चम्काउँछ। यसको चर्चा-परिचर्चा गरेर वस्तुको मूल्य उच्च गराउँछ। भलै मूल्य सधैं पैसामा मात्र निर्धारण हुँदैन। 

मिस नेपाल प्रतियोगिता र पपुलर कल्चरमा यसको स्थान आफैमा भौतिक सुन्दरता चम्काउने शैली हो। सौन्दर्य निखार्ने प्रयास कदापि होइन। अनादरको मानक तय गर्दा रचना गुरुङले फुत्काएका शब्द र वाक्यको आसय यही हो। 

बौद्धिक सुन्दरताले मानिसको ज्ञान, तीक्ष्णता र सभ्यताको मापन गर्छ। यो व्यक्ति स्वयंले शिक्षा, ज्ञान र अनुभवबाट वृद्धि गर्दै लग्ने हो। यसको लागि कुनै निश्चित उमेर हद तोकिनु हुन्न। यस्तो सुन्दरतालाई व्यक्तिको आन्तरिक सुन्दरता पनि भनिन्छ। 

विजेता प्रतियोगीहरुको अर्को धोको अन्तराष्ट्रिय मञ्चहरुमा नेपाललाई बुद्धको देश भनेर चिनाउनु हुन्छ। युवा र सगरमाथाको देश भन्न पनि छुटाउँदैनन्। तर कुनै इतिहास र प्रकृतिबाट प्राप्त वस्तु देखाएर देश चिनाउन खोज्नेको तर्कशास्त्रमा दम देखिँदैन।

प्राचीन समयमा ग्रिसेली दार्शनिकहरु यस विचारका पक्षपाती थिए। बौद्धिक र भौतिक सुन्दरताको सम्बन्ध ठिक विपरीत हुन्छ। बौद्धिक सुन्दरता उमेरसँगै बढ्दै जान्छ र जीवन पर्यन्त चल्छ। बौद्धिक सुन्दरता भएकाहरु सिंगो मानव समाजको हित सोच्छन्। उनीहरु समाजको विविध पक्षलाई गहिरिएर नियाल्ने र बुझ्ने प्रयास गर्छन्। तर, 'यो देशमा महिलालाई आरक्षण चाहिन्छ कि चाहिँदैन' भन्ने प्रश्नमा, राष्ट्रपति र सभामुख महिला भइसकेकाले आरक्षण चाहिँदैन भन्ने प्रतियोगी पनि थिए। यी प्रतियोगीले नेपालका महिलाको अवस्थाबारे कस्तो ज्ञान राख्छन् भन्ने कुरा उनको उत्तरबाट थाहा हुन्छ। अचम्म त तिनै प्रतियोगीले विजेताको ताज पहिरिन्छिन्। यस्ता विजेताको ज्ञान सतही र बनिबनाउ थियो/हुन्छ भन्नेमा सन्देह छैन। समाजलाई गहिराइमा नबुझ्ने प्रतियोगी र विजेतामध्ये अधिकांशको सोच समाजसेवा वा वातावरण संरक्षणमा हुन्छ। तर दुर्भाग्य, उनीहरु मध्ये धेरैको समाजसेवा कुनै सिमान्तकृतको बस्तीमा गरेको एकाध भ्रमणसँगै टुंगिन्छ। वातावरण संरक्षण गर्छौं भन्नेहरु कतै एकाध रुखका बिरुवा रोपेर कर्मकाण्ड पूरा गर्छन्। 

विजेता प्रतियोगीहरुको अर्को धोको अन्तराष्ट्रिय मञ्चहरुमा नेपाललाई बुद्धको देश भनेर चिनाउनु हुन्छ। युवा र सगरमाथाको देश भन्न पनि छुटाउँदैनन्। तर कुनै इतिहास र प्रकृतिबाट प्राप्त वस्तु देखाएर देश चिनाउन खोज्नेको तर्कशास्त्रमा दम देखिँदैन। युवाको देश भन्ने तर युवाको अवस्थालाई विश्लेषण गर्न नसक्नेको बौद्धिकता कस्तो बौद्धिकता हो? युवाको देश भन्ने तर युवाको संख्या धेरै हुनुमा गरिबी, अशिक्षा र बालविवाहको भूमिका देख्न नसक्नेले समाजसेवा कसरी गर्ला? किनकि समाजसेवा गर्नेले त समाजको विकासक्रम र समाजको विभिन्न आयाम पनि बुझ्नुपर्छ। यी कुरा कुनै प्रतियोगिताको एक महिने तालिमले प्रदान गर्न सक्दैन। यसका लागि समाज र जीवन बुझ्ने रुचि र निरन्तर लागिरहने ऊर्जा चाहिन्छ। 

अन्त्यमा, यथार्थ यो पनि हो कि आजको युवा पिँढीको लागि यस्तो प्रतियोगिता नाम र दाम कमाउने राम्रो मञ्च हो। यसले युवा पिँढीलाई विभिन्न अवसर पनि प्रदान गरेको छ। अर्को यथार्थ यो पनि हो कि छोटो समयको प्रतियोगिताले भौतिक सुन्दरता चम्काउला तर सौन्दर्य चेतलालाई फराकिलो पार्दैन। र, सौन्दर्य चेतलाई फराकिलो पार्न नसक्ने प्रतियोगिता सौन्दर्य प्रतियोगिता हुन सक्दैन।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित
सुरक्षा परिषद्को बैठक सकियो, के–के विषयमा भयो छलफल?
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित बिहीबार, साउन १४, २०८३
सुरक्षा परिषद्को बैठक सकियो, के–के विषयमा भयो छलफल? बिहीबार, साउन १४, २०८३
सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी बिहीबार, साउन १४, २०८३
देवानगन्ज गोलीकाण्ड: अर्का घाइतेको पनि मृत्यु, दुई घाइतेको अवस्था अझै गम्भीर बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
देवानगन्ज गोलीकाण्ड: अर्का घाइतेको पनि मृत्यु, दुई घाइतेको अवस्था अझै गम्भीर बिहीबार, साउन १४, २०८३
सुनसरी घटनामा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप बुधबार, साउन १३, २०८३
कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृत्यु बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्