• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गुरिल्ला युद्धको भय

64x64
नेपाल लाइभ बुधबार, चैत २०, २०७५  ०९:०७
1140x725

प्रधानमन्त्री केपी शर्मा ओली समाजका अनेक मुद्दालाई ओझेल पार्न समृद्धि नामको अस्त्र प्रयोग गरिरहेका छन्। भलै उनको यो अस्त्र निरन्तर भुत्ते हुँदै गएको किन नहोस्।

अहिलेको प्रमुख चुनौती विगतमाझैं सुशासन नै देखिएको छ। नेत्रविक्रम चन्द विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएपछि सरकारमाथि चुनौती अझ बढाएको छ। बेलैमा सम्वादको बाटो नरोजे सरकार निःसन्देह द्वन्द्वमा अल्झिने छ। यदि सरकार द्वन्द्वमा अल्झियो भने विकासको गति पनि अल्झिन पुग्छ।   

निश्चय नै विप्लवका गतिविधि कानुनसम्मत र सर्वस्वीकार्य छैनन्। यद्यपि यो पार्टीले केही राजनीतिक मुद्दा बोकेका छन्। साथै यसको पृष्ठभूमि वा विगतको आवद्धताले पनि राजनीतिक दल हो भन्ने पुष्टि गर्छ। तर सरकारमा रहेको नेकपालाई विप्लव नेकपाको गतिविधि अरुचिकर छ।

सत्तामा रहेको कुनै पनि पार्टीलाई चुनौती दिने दलको गतिविधि रुचिकर नहुनु स्वभाविक पनि हो। तसर्थ यो समय सरकारको लागि विप्लवको पार्टी सबभन्दा ठूलो गलपासो भएको छ। विप्लवको गतिविधि नियन्त्रण बाध्यता बन्दैछ, सरकारका लागि। परिणाम त विप्लवको कार्यकर्तालाई पक्रने काम तीब्र बनाएको छ।

प्रधानमन्त्रीको विप्लवप्रतिको धारणा र उनका कार्यकर्तामाथि भइरहेको धरपकडले सरकार आफू शक्तिशाली भएको सन्देश प्रवाह गर्न खोज्दैै छ। आफू शक्तिशाली छु भन्नु हरेक सरकारको एउटा औपचारिक वक्तव्य मात्र हो।

एउटा गरिब मुलुकको सरकार विद्रोहीमाथि नियन्त्रण जमाउन कति सफल हुन्छ? यो कुरा हामी सबैलाई थाहा छ। यसको लागि विश्वको इतिहास नियाल्न जरुरी छैन। ५२ देखि ६२ सम्मको दशकमा तत्कालीन श्री ५ को सरकारले माओवादीलाई नियन्त्रण गर्न खोजेका प्रयासहरु नियाल्नु नै काफी हुन्छ।

कुनै पनि युद्धमा आवद्ध पक्षको उद्देश्य सत्रुलाई परास्त गर्नु नै हुन्छ। युद्धको यो लक्ष्यबाट हेर्दा सरकारको उद्देश्य विप्लवको गतिविधिलाई निस्तेज गर्नुमा केन्द्रित छ। निस्तेजकै उद्देश्यले विप्लवका विभिन्न तहका नेताहरुलाई पक्राउ गरिंदै छ। पक्राउ परिरहँदा कुनै अप्रिय घटना भने भएका छैनन्। यस्तो हुनुमा विप्लव कार्यकर्ताले कुनै प्रतिकार नगर्नु हो। तर विप्लवका कार्यकर्ताले आउने दिनमा पनि प्रतिकार नगरी बस्छन् भन्न सकिँदैन। किनभने उनीहरुसँग पनि हतियार छ। विगतमा सत्तासँग युद्ध गरेको अनुभव पनि छ।

अनुभव र हतियारले सुसज्जित कुनै विद्रोही निरन्तर सुरक्षा निकायसँग आत्मसमर्पण मात्र गरिरहँदैन। प्रतिरोधमा पनि उत्रिन्छ। उसमाथि विप्लवले खुला राजनीतिमा हुँदै नै प्रस्ट पारेसकेका छन् कि सरकारले दमन गरे प्रतिकारमा हतियार उठ्छ भनेर। उनीहरुको लागि क्रान्ति शब्दभन्दा प्रिय केही छैन।

Ncell 2
Ncell 2
nimb
nimb

क्रान्तिको नाममा पड्किने बारुद र बग्ने रगत ठूलो चिन्ताको विषय हैन। सरकारले लगाएको प्रतिबन्ध र आफ्ना कार्यकर्ता पक्राउलाई विप्लवले दमनकै रुपमा बुझेको छ। विप्लव दमनको विरुद्ध कुनै पनि बेला प्रतिकारमा उत्रिन सक्छन्। प्रतिकार सुरु भए अवस्था अहिलेझैं सहज हुने छैन। भयाभव अवस्था सिर्जना हुन्छ। सरकार र विद्रोही दुवै एकअर्कालाई परास्त गर्ने उद्देश्य लिएर अघि बढ्छन्। तर विजेता बन्ने उद्देश्य लिएर अघि बढ्दै गर्दा सरकार युद्धको नियमबाट बढी बाँधिन पुग्छ।

यसको अर्थ विद्रोहीले युद्धको नियम मिच्न मिल्छ भन्ने हैन। तर गुरिल्ला युद्ध अपनाउने विद्रोहीले जित्न मात्र खोज्दैन। जसरी पनि जित्न खोज्छ। जसरी पनि जित्न चाहनेले युद्धको नियम पालन गर्दैन। उसमाथि विद्रोहीको आक्रमण लुकिछिपी हुन्छ। लुकिछीपी आक्रमण गर्ने विद्रोहीमाथि नियन्त्रण गर्न गाह्रो हुन्छ। तसर्थ जसरी पनि जित्न चाहने विद्रोहीलाई सरकारले काबुमा ल्याउन सक्छ? त्यसको अनुमान अहिले नै लगाउन सकिन्छ। 

निश्चय नै युद्ध एक कहालीलाग्दो रातको आगमन हो। यसको सुनौलो बिहानी बिरलै देखिएको छ। युद्ध अन्त्य भए पनि धेरै समयसम्म यसको नकारात्मक प्रभावमा समाज जाकिन्छ। नेपालको सन्दर्भमा अत्यासलाग्दो समयको भुमरीमा फस्ने भनेको सरकारको समृद्धिको सपना हो।

समृद्धिको उद्देश्य विकासको गतिविधि र उत्पादनसँग जोडिएको हुन्छ। उत्पादन र विकासको काम अघि बढ्न लगानी चाहिन्छ। लगानी स्वदेशी होस् वा विदेशी, त्यसको लागि नीतिगत तथा व्यावहारिक दुवै वातावरण चाहिन्छ।

Xtrem

Xtrem

सरकारले विभिन्न फोरमा नेपालमा लगानी गर्ने उचित वातावरण भएको बताउँदै आएको छ। हालै लगानी सम्मेलन पनि गरेको छ। नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरु पनि देखिएका छन्। तर लगानीकर्ताको व्यवहारबाट उनीहरु लगानीको लागि विश्वस्त नभएको प्रतित हुन्छ।

यसमा सबभन्दा ठूलो समस्या नीतिगत अस्पष्टता र कर्मचारी तथा सरकारको स्वार्थी व्यवहार हो। त्यसमाथि युद्धको सुरु भयो भने वातावरण शान्त रहँदैन। विस्फोट र कोलाहालमय वातावरणले लगानीकर्तामा त्रास पैदा गर्छ। उनीहरुले स्थापना गरेका उद्योग वा सञ्चालन गरेको व्यवसायमा विद्रोहीले आक्रमण गर्ने सम्भावना हुन्छ। चन्दाको मारमा त पर्छन् नै।

तसर्थ विद्रोही र सरकार भिडिरहेको देसमा लगानीकर्ताहरु जोखिम बढी देख्छन्। निश्चय नै यसले लगानी हुँदैन। लगानी नभएपछि उत्पादन र विकासको कामले गति लिंदैन। विकासको काम र उत्पादन नहुँदा समृद्धिको सपना साकार हुँदैन। 

यदि युद्ध सुरु भएछ भने सरकारले बजेटको धेरै हिस्सा युद्ध सामग्री वा युद्धको निम्ति खर्चिनु पर्छ। युद्ध सुरु भएपछि विद्रोही वा सत्रु पक्षलाई परास्त गर्ने रणनीति अख्तियार गर्नुपर्छ। यसको लागि सरकारले धेरै स्रोत साधन र समय विद्रोहीको गतिविधि नियन्त्रणमा खर्चिनु पर्छ। यो कुरा बुझ्न विगतमा श्री ५ को सरकारले माओवादी युद्ध नियन्त्रणको लागि गरेका प्रयास र खर्चिएका स्रोत नियाल्नु मनासिब हुन्छ।

जब माओवादी युद्ध सघन हुँदै गयो, तब यसको नियन्त्रणको लागि विभिन्न उपाय अपनाइयो। सशस्त्र प्रहरी जस्तो अर्धसैनिक दस्ता गठन गरियो। माओवादी युद्ध सुरु हुनुअघि सेनाको संख्या ४७ हजारको हाराहारीमा थियो। पछि यसको संख्या ९६ हजार पुग्यो।

यी त मानव स्रोत थिए। मानव स्रोतलाई सक्षम बनाउन अन्य भौतिक वस्तुहरुको खरिदमा तथा तालिममा पनि धेरै रकम खर्चिनुप¥यो। यसले शिक्षा, स्वास्थ्य, सडक, पुल–पुलेसा निर्माणमा खर्चिनुपर्ने रकमको कमी आयो। फेरि युद्ध भयो भने यही शिलशिला दोहोरिने हो। बजेटको ठूलो हिस्सा युद्धमा खर्चिएपछि त्यसले समृद्धिमा टेवा पुग्दैन। सरकारले यो पाटोमा अहिले नै गम्भीर भएर सोच्नुपर्छ।   

हतियार उठाउन चाहने र हतियार चलाउन अनुमतिप्राप्त पक्षबीचको भिडन्त भनेको युद्ध हो। युद्धले निम्त्याउने भनेको विध्वंश मात्र हो। विध्वंश सधैं समृद्धिको विरुद्धमा छ। तसर्थ सरकारमा आवद्ध नेकपाले सहगोत्री विद्रोही नेकपालाई सम्वादमार्फत मनाउनुपर्छ। अन्यथा सरकारको समृद्धिको यात्रा खन्डहरतिर मोडिन्छ। अर्काेतिर देशलाई खन्डहर बनाएर देसको बागडोर हात पार्नुको कुनै अर्थ रहँदैन। यो पाठ विद्रोहको मीठो सपना देखिरहेका विप्लवले आफ्नै गुरु प्रचण्डको नियतिबाट सिके हुन्छ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुख अर्याल तान्जानिया प्रस्थान
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्