• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

64x64
नेपाल लाइभ मंगलबार, फागुन ७, २०७५  १३:४०
1140x725

राजनीति सधैं लिकमा गुडिरहेको रेलझैं सिधै र सहज भएर अगाडि बढ्दैन। अनगिन्ती उत्तारचढाव सामना गर्दै नागबेली बाटो भएर हिँड्छ। यो आफैमा असहज यात्रा हो। लामो र असहज यात्रा पार गर्न रणनीति र कार्यनीति परिवर्तन गरिरहनुपर्छ। निरन्तरको रणनीति र कार्यनीति परिवर्तनले संस्था वा व्यक्तिलाई अस्तित्वमा त राख्ला तर राजनीतिक दर्शन तथा सिद्धान्त भने ओझेल पर्दै जान्छन्। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यही आरोप सामना गर्दैछन्। उनले जनयुद्धताकाको मुद्दा वा उद्देश्य नछोडेको दाबी गर्छन्। तर, यथार्थमा प्रचण्डको राजनीतिक इतिहास बन्दै जाँदा जनयुद्धका उद्देश्य र मर्म ओझेल परेकै हुन्।  

भर्खरै 'जनयुद्ध दिवस' मनाइएको छ। माओवादीको नाममा जनयुद्ध लडेर अहिले छिन्नभिन्न भएकाहरुले आ-आफ्नै ढंगले यो दिवस मनाए। भलै जता भए पनि जनयुद्ध दिवसलाई युद्धमा सहभागी भएकाहरुले ऐतिहासिक उत्सवको रुपमा लिए। युद्धमा सहभागी नहुनेका लागि पनि चासो र चर्चाको विषय बन्यो। जनयुद्धमा होमिने वा नहोमिने, सर्वसाधरण वा बुद्धिजीवी जो हुन्, अधिकांशको सार एउटै छ– जनयुद्ध हाँक्ने पार्टीले बाटो बिरायो। हजारौंको बलिदानी खेर गयो। यसमा सम्पूर्ण रुपमा दोषी छन् प्रचण्ड। किनकि प्रचण्डको विचलनले उनी स्वयं लगायत एकाध नेतालाई मात्र फाइदा भयो। अधिकांश पार्टीमा आस्था राख्ने र देशलाई हात लाग्यो शून्य भयो। 

राजनीतिक परिदृश्यमा आफूलाई उभ्याइरहन चाहने नेता बिस्तारै ‘डेमगग’ चरित्रको हुन्छ। डेमगग भनेको आफ्नो विचार र योजना छोडेर भिडले चाहेजस्तो लोकप्रिय कुरा गर्ने नेता हो। यो चरित्रको हावा प्रचण्डमा पनि लाग्न थालेको छ।

यो निष्कर्षमा पुगेर प्रचण्डमाथि दोषारोपण गर्नु अनुचित नहोला। तर, यथार्थ यो पनि हो कि हामी जस्तो तेस्रो विश्वको राजनीतिमा प्रचण्डको ठाउँमा अर्को नेताले यही परिस्थितिको सामना गर्थ्यो। किनकि प्रचण्ड तेस्रो विश्वको राजनीतिक संस्कार, अभ्यास र संरचनाका सिकार भएका हुन्। 

राजनीति पेसा नभएर सेवा हो। तर यो मर्म अनुरुप राजनीति विकसित र सम्पन्न राष्ट्रमा भने चलेको देखिन्छ। त्यहाँका नेता निश्चित योजना तथा मुद्दा लिएर आउँछन्। लोकतान्त्रिक विधिबाट जनताको अनुमोदन खोज्छन्। अनुमोदन नभए वा जनताले नपत्याए राजनीतिमा झुन्डिरहन चाहँदैनन्। निर्वाचन जितेर सरकारमा गए पनि निश्चित कार्यकाल तथा आफ्नो मुद्दा तथा योजना अनुमोदन नभए अरुलाई मार्ग प्रशस्त गर्छन्। यसको निम्ति स्थापित विधि र नेताको नैतिकता दुवैले काम गर्छ। तेस्रो विश्वको राजनीति भने सेवा-भावभन्दा बढी शक्ति र प्रतिष्ठाको मोहसँग जोडिएको हुन्छ। निश्चय नै शक्ति र प्रतिष्ठाको मोह प्रचण्डमा पनि छ। तर यस्तो मोह पाल्ने प्रचण्ड एक्ला पात्र भने होइनन्। अन्य नेता पनि छन्। फरक यति हो प्रचण्डका मुद्दा र योजना बढी क्रान्तिकारी थिए। यस्ता मुद्दामा संख्यात्मक हिसाबले धेरै नेपालीको आशा थियो। प्रचण्डले मुद्दा त्याग्दै जाँदा धेरै मानिस दु:खी भए। धेरै मुखबाट सुनिँदा प्रचण्डको विचलन ठूलो लागेको हो। अन्य नेता पनि प्रचण्ड शैलीबाट अछुत छैनन्। 

गरिब तथा अल्पविकसित देशमा क्रान्तिकारी नेताको पछाडि भिड लाग्छ। भिडको सहयोगले सत्तारोहणको बाटो त तय हुन सक्छ। तर खुला राजनीतिमा धेरै सम्झौता गरेर अघि बढ्नुपर्ने हुन्छ। कुनै खास समयमा क्रान्ति गर्दाको जनसमर्थनले राजनीति चल्दैन। यस्तो बेला शक्ति आर्जन गरे पनि राजनीतिमा टिकिइरहनका लागि नेताले आफ्नै उद्देश्य, मुद्दा र योजना नै प्रगतिको बाधक भएको देख्छ। यस्तो बेला लामो यात्रा गर्ने उद्देश्यले इतिहास मेटाउँदै जान्छ। सिद्धान्तमा अडिग रहँदाभन्दा सत्ता र शक्तिसँग जोडिँदा बढी प्रतिष्ठा मिल्नाले नेताहरु यसो गर्न प्रेरित हुन्छन्। सत्ता र शक्तिको प्रतिष्ठाकै कारण नेताहरु लामो समयसम्म राजनीति त्याग्दैनन्। तसर्थ जीवनपर्यन्त राजनीति गर्ने सोचमा प्रचण्ड मात्र छैनन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा केपी ओली लगायत शीर्ष नेताको मनोविज्ञान उस्तै छ। तुलनात्मक रुपमा प्रभावशाली भएकाले प्रचण्डका नकारात्मक पाटाहरुको चर्चा पनि अलि बढी हुने गर्छ। 

लोकतान्त्रिक पद्धतिमा टिक्नलाई भिडको मत आवश्यक छ। भिडको मत सधैं एउटै नारा जपेर हासिल हुँदैन। साथै आफू इतरका सिद्धान्त वा शक्तिसँग सम्झौता पनि गरिरहनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जुन देशमा नेताले जीवनपर्यन्त राजनीतिको भर्‍याङ चढिरहन चाहन्छ, त्यो देशमा नेतामा प्रशस्तै सैद्धान्तिक विचलन भेटिन्छ। अमेरिकी लेखक शौल अलिन्स्कीले आफ्नो पुस्तक ‘रुल्स फर र्‍याडिकल्स’मा भनेका छन्  सिद्धान्त र दर्शनमा अडिग रहने नेता राजनीतिमा लामो समय टिक्न सक्दैन। दुई अवस्थामा सिद्धान्तनिष्ठ हुन सकिन्छ। पहिलो, राजनीति जीवनकालभरि अँगाल्नुभएन, निश्चित समय राजनीति गरेपछि त्याग्नुपर्यो। दोस्रो, राजनीतिमा रहिरहे पनि सत्ताप्रति आसक्ति देखाउनुभएन। सत्तामोहमा लागेर लामो समय राजनीति गर्ने नेताले राजनीतिक दर्शन र सिद्धान्तलाई बिर्सन बाध्य हुन्छन्। 

राजनीतिक परिदृश्यमा आफूलाई उभ्याइरहन चाहने नेता बिस्तारै ‘डेमगग’ चरित्रको हुन्छ। डेमगग भनेको आफ्नो विचार र योजना छोडेर भिडले चाहेजस्तो लोकप्रिय कुरा गर्ने नेता हो। यो चरित्रको हावा प्रचण्डमा पनि लाग्न थालेको छ। त्यही कारण उनका सिद्धान्तमा खिया लाग्दै गएका छन्। खुल्ला राजनीतिमा प्रचण्ड नेतृत्वको पार्टी सबभन्दा ठूलो दल पनि भयो। उनी स्वयं दुई पटक प्रधानमन्त्री भइसके। यद्यपि उनमा सक्रिय राजनीतिको मोह मरेको छैन। हुन त प्रचण्ड जस्ता अनुभवी नेताले सक्रिय हुनुपर्छ भन्ने मत पनि बलियो छ। किनकि तेस्रो विश्वमा कतिपय समस्या विधिभन्दा धेरै परिपक्व नेताको अनुभवले पार लगाउँछ भनेर विश्वास गरिन्छ। यो भनाइ एक हदसम्म सही पनि होला। तर नेताले आफ्ना अडान यथावत राखेर परिवक्वता हासिल गर्दैन भन्ने पनि सत्य हो। 

प्रचण्ड फरक वर्ग, समुदाय, धर्म-संस्कृति र विचार भएको ठाउँमा कुनै एक दर्शन वा सिद्धान्त आधारित सत्ता स्थापना गर्न लागेका थिए। विविध खालका दमन र उत्पीडनबाट मुक्ति उनको युद्धकालीन मुद्दा थियो। यसका लागि माओवादीको सत्ता स्थापना गर्नुपर्थ्यो, तर भएन। यो काम सजिलो पनि हुन्न किनकि क्रान्ति जति बलशाली हुन्छ, स्थापित सत्ता त्योभन्दा कम हुँदैन। संघर्षको बिट मार्दै प्रचण्ड र उनको पार्टी सम्झौताको बाटो रोजेर खुला राजनीतिमा आयो। कुनै पनि  सम्झौताले दर्शन, सिद्धान्त र उद्देश्यलाई सग्लो रहन दिँदैन। घाइते बनाउँछन् वा घाइते बन्ने बाटोतिर धकेल्छ। सम्झौता नगरेर युद्ध जारी राखेको भए सिद्धान्त र मुद्दा जोगिन्थे होला। तर, माओवादी र यसका नेताहरु पेरुको साइनिङ पथ जस्तो निमिट्यान्न हुन पनि सक्थे। तसर्थ, लोकतान्त्रिक पद्धतिमा टिक्नलाई भिडको मत आवश्यक छ। भिडको मत सधैं एउटै नारा जपेर हासिल हुँदैन। साथै आफू इतरका सिद्धान्त वा शक्तिसँग सम्झौता पनि गरिरहनुपर्छ। यस्तो परिवेशमा थोरै समय आफ्नो सिद्धान्तमा अडिग रहन सकिन्छ तर अनन्तकालसम्म सम्भव हुँदैन। 

प्रचण्डले भनेझैं समाज अनुरुपका नेता हुन्छन्। जस्तो समाज छ, उस्तै नेता। यो यथार्थ हो तर समाजलाई सभ्य र उन्नत बनाउन नेताले नै सशक्त कदम उठाउनुपर्छ। समाज, समुदाय र देशको उत्थानमा नेता र जनताको पारस्परिक नैतिकता आवश्यक हुन्छ।

Xtrem

Xtrem

विकसित देशको राजनीतिमा घोषित वा अघोषित विधि स्थापित भएको हुन्छ। जसले राजनीतिज्ञलाई नैतिकवान् बन्न प्रेरित गर्छ। अमेरिकामा हाल मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउँछु भन्ने उद्घोष गरेका डोनाल्ड ट्रम्प राष्ट्रपति बनेका छन्। उनले दुई वर्ष कार्यकाल व्यतित गर्दा पर्खाल लगाउने योजना त्याग्न सकेका छैनन्। अझ आक्रामक भएर अघि बढेका छन्। बाँकी दुई वर्षपछि उनी सत्तामा नआउन पनि सक्छन्। तर, त्यसपछि आफ्नो मुद्दा वा योजना त्यागेर सत्तामा आउने बाटो चाहिँ उनले रोज्दैनन् नै। किनकि अमेरिकामा अनन्तकालसम्म राष्ट्रपति हुन विधिले दिँदैन। साथै आवश्यक नठानिएका नेता जनमतबाटै पाखा लगाइन्छ। 

अमेरिकाबाहेक अन्य देशमा नेताको नैतिकताले विधिले जतिकै काम गर्छ। बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। युरोपियन युनियनबाट बेलायत बाहिरिनुहुन्न भन्ने मुद्दा जनमत संग्रहबाट फेल भए पनि क्यामरुनले नैतिकताको आधारमा राजीनामा दिएका थिए। तर अमेरिकाको जस्तो विधि वा डेभिड क्यामरुनको जस्तो नैतिकता तेस्रो विश्वको नेतामा विरलै भेटिन्छ। 

प्रचण्डले भनेझैं समाज अनुरुपका नेता हुन्छन्। जस्तो समाज छ, उस्तै नेता। यो यथार्थ हो तर समाजलाई सभ्य र उन्नत बनाउन नेताले नै सशक्त कदम उठाउनुपर्छ। समाज, समुदाय र देशको उत्थानमा नेता र जनताको पारस्परिक नैतिकता आवश्यक हुन्छ। जनता नैतिकवान् हुनुपर्छ भने नेता नैतिकवान् साथै एक कदम अगाडि सोच्न सक्ने पनि हुनुपर्छ। नैतिकता भुलेर व्यक्तिगत श्वार्थमा लिप्त मतदाताले नेतालाई पनि श्वार्थी बनाउने हो। श्वार्थी नेता सिद्धान्त विमुख भएर जीवन पर्यन्त राजनीति गर्न चाहनु दुर्भाग्य हो।

प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्