बेङ्गलुरु– कर्नाटक सरकारका वरिष्ठ पत्रकार गौरी लंकेशको हत्याराको सूचना दिने व्यक्तिलाई सरकारले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ। मृख्यमन्त्रीले लंकेशको हत्या सम्बन्धमा भइरहेको छानवीनको प्रगतिको जानकारी लिन एसआइटीका पदाधिकारीसँग बैठक गरेका छन्।
राज्यका गृहमन्त्री रामलिङ्गा रेड्डीले सूचना दिने व्यक्तिलाई पुरस्कारको घोषणा गरेका थिए। यसअघि राज्यको प्रहरीले सर्वसाधारणसँग अपील गर्दै सूचना दिन आब्हान गरेका थिए। सहजरुपमा सूचना प्राप्त गर्न छुट्टै टेलिफोन नम्बर र इमेल आइडीको व्यवस्था गरिएको छ।
गृहमन्त्रीले मुख्यमन्त्री सिद्धारमैयाले छिट्टो अपराधीलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको बताए। राज्य सरकारले छानविनका लागि बुधवार २१ सदस्यीय एसआइटीको गठन गरेको थियो। लंकेशको परिवारले भने प्रहरीले अपराधीलाई उन्मुक्त दिन छानवीनमा ढिलाई गरिरहेको आरोप लगाएका छन्। उनीहरुले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विधायक जीवराजमाथि हत्याको आरोप लगाएका छन्। परिवारको माग छ, उनीमाथि छिट्टो छानवीन होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।