• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जाँदाजाँदै के भने वाइडबडी प्रकरणमा आरोपित निगम महाप्रबन्धक कंसाकारले?

64x64
नेपाल लाइभ सोमबार, जेठ १३, २०७६  १८:३०
1140x725

काठमाडौं- वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको ४ वर्षे अवधि आजबाट पूरा भएको छ। कंसाकारले तीन करोड जनताको प्रतिव्यक्ति आय बढाउने गरी निगमको सुधार गरेको दाबी गर्दै बिदाइ भएका छन्। 

कंसाकारकै कार्यकलमा नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी जहाज पायो। तर, जहाज नेपाल आइसकेपछि ती जहाज खरिदमा अनियमिताको प्रश्न उडन थालेको थियो। यसैबीच सरकारले महाप्रबन्धकभन्दा माथिल्लो दर्जामा  रहने गरी नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्ति गर्‍यो। 

खरेलको नियुक्तिसँगै कंसाकार कामविहिन भए। तर, उनले पदबाट राजीनामा दिएनन्। उनले निगमै बसेर जहाज खरिदमा उडेको प्रश्नको जवाफ दिने वाचा गरे। जहाज खरिदको विषय संसदीय समितिमा प्रवेश भयो। सार्वजनिक लेखा समितिले जहाज खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी आर्थिक अनियमितता भएको भन्दै अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफासिर गरेको थियो। 

आयोगले जहाज खरिदमा सहभागी भनिएका सबै सरकारी कर्मचारी तथा विदेशी कम्पनीसँग बयान लिने क्रम समेत थालेका छ। अहिले आयोगले  जहाज खरिदमा सहभागी विदेशी कम्पनीहरुलाई समेत सूचना प्रकाशित गर्दै बयानमा बोलाएको छ। साथै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि जहाज खरिदको विषयमा अध्ययन गरेको छ। समिति अन्तर्गतको उपसमितले अध्यन रिर्पोट तयार गरी समिति सभापतिलाई बुझाएपनि समितिमा छलफल भने भइसकेको छैन।

२०७२ जेठ १२ गते दोस्रोपटक नेपाल एयरलान्सको महाप्रबन्धक बनेको कंसाकारले सोमबार ४ वर्षे कार्यकाल पूरा गरेका हुन्।

जहाज खरिदमा लागेको आरोपको खण्डन गर्दै उनी नेपाल एयरलाइन्सबाट बिदाइ भएका छन्।

बिदाइ कार्यक्रममा कंसाकासले राखेको मन्तव्यको सम्पादित अंश:

नेपाल वायुसेवा निगममा मैले पहिलो पाइला टेकेको मिति २०६५ कार्तिक २२ मा महाप्रबन्धकको पदमा नियुक्त भएपछि हो। नेपाल टेलिकममा ३४ वर्ष काम गरिसकेपछि निगममा पहिलोपल्ट प्रवेश गरेको हुँदा सुरुका केही दिन निगमका पदाधिकारीहरुसँग संवाद, छलफल, अन्तर्क्रिया गर्दै प्रचुर मात्रामा अध्ययन विश्लेषण गरेँ।

Ncell 2
Ncell 2
nimb
nimb

अध्ययन विश्लेषणकै सिलसिलामा निगमलाई संरचनात्मक परिवर्तन गरी व्यवस्थापकिय सुधार गर्ने सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझाव दिन मिति २०५८-११-३ देखि २०६७-२-१२ बीच गठन गरिएको पाँचवटा उच्च स्तरीय कार्यदलहरुको प्रतिवेदनहरु मैले पढेँ।

ती सबै प्रतिवेदनहरुले प्रत्येक्ष/अप्रत्ये़क्ष रुपमा व्यवस्थापन सुधार नगरिकन अथवा संरचनात्मक परिवर्तन नगरिकन सेवा विस्तार गर्नु उचित नहुने राय दिएको भएतापनि मैले विमान खरिद गरी सेवा विस्तार गर्ने कार्य र व्यवस्थापन सुधार कार्य सँगसँगै जानु उचित हुने धारणा मैले अघि सारेँ। निगमको लागि यो एक प्रकारको आधारभुत रणनीतिक परिवर्तन थियो।

यही रणनीति बमोजिम मैले निगममा पाइला टेकेको ५ महिनामा नै पर्यटन मन्त्रालय, संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५ साल चैत्र २५ मा  टेन्डर आह्वान गर्न सफल भएँ।

विमान खरिद गर्न अनिवार्य रुपमा लिनै पर्ने ऋण बापत नेपाल सरकारले जमानत दिन सक्ने अधिकार नेपाल सरकारलाई प्रदान गर्न ऋण तथा जमानत ऐन, २०२५ लाई नै संसोधन गराउन पहल गरियो र उक्त अति महत्वपुर्ण कार्य पनि मिति २०६६-८-१० मा संसोधन भएपछि सफल भयो। यसरी विमान खरिद गर्दै जान आर्थिक श्रोतको व्यवस्था गर्न निगमलाई एक ठुलो उपलब्धि हासिल भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल भ्रमण वर्ष २०११ अगावै जसरि भएपनि कम्तिमा पनि एउटा नयाँ टल्केको विमान काठमाडौँमा अवतरण गराउने महान लक्ष्य लिएर युध्दस्तरमा खरिद प्रक्रिया अघि बढाएँ। तर निगमलाई कुनै हालतमा उँभो लाग्न नदिने केही तत्वले अनर्गल प्रचार प्रसार गरि विमान खरिद प्रकृयामा अवरोध खडा गरिदियो र मुद्दा मामिलामा अल्झाएर दुई वटा न्यारोबडी ए-३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन गयो।

त्यस समय उक्त ६ वटा विमान योजना बमोजिम ल्याउन दिएको भए आजको दिनमा निगमसँग घटीमा १० वटा जेट विमान हुन्थ्यो र कम्तीमा पनि जापान र युरोप सन् २०१३ को शुरुमा नै उडान भैसक्थ्यो होला, किन कि आइकाओ र इयूले नेपाललाई ब्लाय्क लिष्टमा राखेको सन् २०१३ को अन्त तिर मात्र हो र सेवा संचालन भैसकेको अवस्थामा संचालनमा रहेको गन्तब्यलाई बन्द गर्दैन। 

उक्त ६ वटा विमानको खरिद प्रकृया ऐन कानून नियम विनियम बमोजिम नै गरिएको ठहर गरि सम्मानित सर्बोच्च अदालतले मिति २०६९-१-१२ मा फैसला गर्यो र उक्त ३८ पानाको पूर्णपाठको एक अंशमा उल्लेख गरेको छ कि “व्यवस्थापनको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकाको जिम्मामा धेरै ठूलाठूला आयोजना जिम्मा लगाउने हुनाले उनीहरु पनि राष्ट्र र समाजका पूँजी हुन भन्ने सकारात्मक दृष्टिकोणले उनीहरुको सम्बन्धमा जिम्मेवारीका साथ र वीघिसँगत निर्णय लिने सोच सवैमा हुन जरुरी छ।”
मिति २०७२-२-१४ मा म पुन: महाप्रबन्धक पदमा नियुक्त भएर आएँ।

अन्दाजी ५० लाख नेपाली नागरिकहरु मुलुक बाहिर भएको कारण र विदेशी पर्यटक संख्या उल्लेखनीय रुपमा बृध्दी गर्न नेपाल आउन लाग्ने चर्को हवाई भाडालाई निगमले हस्तक्षेपकारी भुमिका खेल्नै पर्छ भन्ने मान्यतामा शुरुवातको रुपमा दुईवटा वाइडबडी विमान खरिद गर्ने प्रकृया प्रारम्भ गरेँ। वाइडबडी खरिद कार्यसम्पादनका क्रममा निगमको कर्मचारीहरुबाट भव्य रुपमा गरिएको सहयोग र समर्थनका लागि म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु।

मेरो विवेक र क्षमताले भ्याए सम्म प्रचलित ऐन कानून र निगमको आर्थिक विनियमावलीलाई अनुशरण गरि अत्यन्तै पार्दर्शी ढंगले सम्पुर्ण खरिद प्रकृया अघि बढाइएको थियो। निगमको कार्यकारी प्रमुखको हैसियतले आफ्नो जिम्मेवारी निर्वाह गर्नमा निगम कर्मचारीहरुबाट हात नबढाएको भए र उदारतापूर्वक सहयोग प्रदर्शित नगरेको भए पक्का पनि वाइडबडी खरिद सम्भव हुँदैनथियो। 

वाइडबडी खरिद प्रकृया शुरु हुनासाथ व्यवस्थापकिय सुधार कार्यहरु पनि प्रारम्भ गरियो। हरेक सुधारको पक्षमा पनि निगम कर्मचारी परिवारबाट ठुलो सहयोग मैले पाएँ। जस्को फलस्वरुप ग्राउन्ड हैंडलिंगमा सुधार मात्र होइन अन्तर्राष्ट्रिय गुण स्तर चिन्ह आइसागो सर्टिफिकेट प्राप्त भयो। त्यसैगरी अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्सको रुपमा परिचित गराउन अन्तर्राष्ट्रिय संस्था IATA को सदस्य बन्न गृहकार्य प्रारम्भ गरियो। निगम भित्र व्यापक रुपमा कम्प्यूटराइजेशन गर्ने तर्फ पाइला चालियो। अनलाइन बूकिंग संचालनमा ल्याइयो।

इन्जिनियरिंग र अप्रेशन तर्फ अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर प्रणाली खरिद गरि संचालनमा ल्याइयो। निगमलाई अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्समा रुपान्तर गर्न निगमको सबै कृयाकलापहरुलाई समेट्ने गरि बृहत रुपमा कम्प्युटराइजेशनमा जानै पर्छ भन्ने मान्यतामा जतिसुकै कठिन भए पनि इन्टर्प्राइज रिसोर्स प्लानिंग (इ.आर.पी) प्रणाली भित्र्याउन गृहकार्य शुरु गरियो। 

आउने दिनहरुमा आन्तरिक सेवा तर्फ पनि उपयुक्त विमानहरु थप्दै सबै ट्रंक रुटहरु र स-साना चालु स्टोल विमानस्थलहरु लगायत नागरिक उड्डयन प्राधिकरणले उडान योग्य अवस्थामा पुर्याउने थप विमानस्थलहरुमा समेत नियमित उडानहरु राख्ने जमर्को गरेर राष्ट्र निर्माणमा टेवा पुर्याउने तर्फ पनि मेरो योजना थियो।

म सबै कर्मचारी साथीहरुलाई स्मरण गराउन चाहन्छु कि गत तीसौं चालिसौं वर्ष सम्म निगमले अन्तर्राष्ट्रिय सेवा, ग्राउन्ड हैंडलिंग सेवा र आन्तरिक सेवाको ब्यापारबाट आउने आम्दानीलाई सन्तुलित रुपमा व्यवस्थापन गरी निगमले राष्ट्र निर्माणमा ठूलो भुमिका खेलिरहेकै थियो। अवका दिनहरुमा यो नै नीति लिएर निगमले देश सेवा गर्न अघि बढ्नु पर्छ।

निगममा संस्कार परिवर्तन गर्न र कर्मचारीहरुमा काम प्रति जोश जाँगर र उत्साह ल्याउन मैले धेरै प्रयास गरेँ, अफिस राजनीति वा गुटबन्दीलाई धेरै मात्रामा निस्तेज पार्नमा सफल भएँ। सरुवा, बढुवा, तालिम र विदेशी पोष्टिंगमा न्योयोचित निर्णय लिनेमा निकै जोडबल गरेँ। भनिन्छ कुनै पनि संस्थाको व्यवस्थापनमा सवभन्दा कठिन कार्य नै कर्मचारीहरुको मन (माइन्डसेट) परिवर्तन गर्ने हो र यस सम्बन्धमा निगम कर्मचारीहरुको विचार, चिन्तन, मानसिक्ता र अन्तरज्ञानमा सकारात्मक परिवर्तन ल्याउन मैले सक्दो भूमिका खेलेँ।

टिम स्पिरिट, एक आपसमा सहयोगको भावना, आफ्नो रोजगारीमा गौरव, प्रशन्न मुद्रामा रहने, ग्राहकलाई आदर गर्ने वानि व्यहोरा, आफुले गरिरहेको कार्य सम्पादनबाट अप्रत्यक्ष रुपमा मुलुकको तीन करोड जनताको प्रतिव्यक्ति आय बढाउने जस्तो धर्मको काम गरिरहेको महसुस गर्ने आदि जस्ता मुल्य र मान्यतामा गम्भिर रुपमा संधै ध्यान दिन कर्मचारी साथीहरुलाई निरन्तर रुपमा बोध गराउँदै आएँ।

नेपाल वायुसेवा निगमको विकास नगरि पर्यटन विकास असम्भव छ र पर्यटनको बिकास बिना देश बिकास असम्भव छ भन्ने मेरो बिश्वास रही आएकोले जेल र कालो मोसो समेतको परवाह नगरिकन मैले निगमलाई एक उचाईमा पुर्याउने उद्देश्य प्राप्तीका लागि अघि बढिरहेँ। म कामना गर्छु- निकट भविष्यमा नै निगमको सेवा युरोप, अमेरिका र अष्ट्रेलिया पुगोस, यसमा मैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रण गर्दछु।

अन्तमा मैले करिव ४१ वर्ष दुईवटा सार्वजनिक संस्थामा गरेको सेवाबाट प्राप्त मेरो अनुभूति र अनुभवले नेपाल वायुसेवा निगम जस्तो अत्यन्तै जोखिमी प्रतिस्पर्धामा होमिएको एक सरकारी संस्थालाई के कसरी नेतृत्व दिने भन्नेबारे मात्र होइन कहिल्यै पनि आफ्नो आदर्शबाट पछि हट्न हुन्न भन्ने मेरो मान्यता रहि आयो। यस्को अलावा निगममा कार्यसम्पादन गर्दाको प्रत्येक क्षण मैले रमाइलो, सृजनात्मक र रचनात्मक ढंगले विताएको मैले अनुभव गरेको छु।

यसको लागि पनि म सम्पुर्ण कर्मचारी साथीहरुप्रति हृदयत: आभारी र कृतज्ञ छु। साथै आजको यस क्षणमा निगमलाई अझ सशक्तिकरण गर्दै एक अन्तर्राष्ट्रिय स्तरको उचाईमा पुर्याउने कार्यको सिलसिलामा आउँदो दिनहरुमा तपाईंहरुले खेल्ने भुमिकामा मेरो संधै सहयोग र समर्थन रहने यहाँहरु सबैलाई आश्वस्त पार्न चाहन्छु।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्