काठमाडौं– भौतिक पूर्वाधार निर्माण कार्य समयै निर्माण नसकिँदा आयोजना हुने तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता २ पटक सरिसकेको छ।
सागको उद्घाटन र समापन हुने तय भएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको निर्माण कार्य समयमै नसकिदा साग सरेको हो। आगामी मंसिरका लागि तय भएको साग अब भने भौतिक पूर्वाधारका कारणले नसर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले बताएका छन्।
दशरथ रंगशालामा आगामी साउन मासन्तसम्म सकिने विष्टको भनाइ छ। २०७२ मा गएको भूकम्पका कारण क्षतिग्रस्त रंगशालाको निर्माण काम ८० प्रतिशत भन्दा बढी सकिएको छ।
साधारण प्याराफिटको काम लगभग सकिएको छ। यस्तै भिआइपी प्याराफिटको संरचना बनाउने काम सकिएको छ। अब त्यहाँ छाना हाल्ने काम मात्र बाँकी रहेको छ। फ्लड लाइडको काम अन्तिम चरणमा पुगेको छ। यस्तै ट्र्याक बिछ्याँउने काम सकिएको छ भने स्कोर बोर्ड बनाउने काम धमाधम भइरहेको छ।
अब भिआइपी प्याराफिटमा छाना हाल्न र कुर्सी राख्ने काम साउन अन्तिमसम्म सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।