काठमाडौं– सबै समूहको उपसूचक रातो देखिएपछि पूँजी बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।
सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ११ दशमलव ९३ अंकले घटेको हो।
आइतबार १ सय ६५ वटा कम्पनीको २ लाख ५४ हजार २ सय ८६ कित्ता सेयर ९ हजार २ सय ९४ पटक किनबेच हुँदा ६२ करोड ६२ लाख १ हजार २ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा कम्पनीको उपसूचक ३८ दशमलव ०१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ४ करोड ८५ लाख ६२ हजार रुपैयाँ बराबरको १ लाख ४३ हजार ८ सय ८२ कित्ता सेयर कारोबार भएको छ।
त्यसैगरी, आइतबार सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आइएमई लघुवित्त संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रो पावरका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।