काठमाडौँ- सामान्य रुपमा भन्नुपर्दा थाइराइड एउटा ग्रन्थि हो। यो ग्रन्थि घाँटीमा पुतली आकारको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी–थ्री) र ट्राइआयोडो थाइरोनीन (टी–फोर) हर्मोन उत्पादन गर्छ।
थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण गर्ने हो। थाइराइडको समस्या हुनु भनेको यसबाट उत्पादन हुने हर्मोनमा घटबढ हुनु हो।
थाइराइडमा समस्यामा छ/छैन भनेर थाहा पाउनु पहिला टिएचएस अर्थात थाइराइड स्टिमुलेटिङ हर्मोनको जाँच गर्नुपर्छ।
यसमा तल/माथि आयो भने ‘टि थ्री’, ‘टि फोर’ र टिएसएच जाँच गर्नु पर्ने हुन्छ।
टिएचएस हर्मोन बढेपछि ‘टि थ्री’ र ‘टि फोर’ घट्नै पर्छ भन्ने हुँदैन। यसका साथै टिएचएस घटेपछि ‘टि थ्री’ र ‘टि फोर’ बढ्नै पर्छ भन्ने पनि हुँदैन। यो गलत धारणा हो। यही कारण रिपोर्ट मिलेन भनेर गलत टिप्पणी सुन्नु परेको हो।
थाइराइडको समस्या पहिचानका लागि के के जाँच गर्नुपर्ने हुन्छ? थाइराइड परीक्षणमा किन रिपोर्ट फरक आउने गर्छ? थाइराइडको परीक्षणका क्रममा एक पटकमा समस्या देखिनेबित्तिकै औषधि चलाउनु पर्छ कि पर्दैन? थाइराइडको परीक्षण कुन समयमा गर्दा उपयुक्त हुन्छ? थाइराइड क्यान्सरका लागि के परीक्षण गर्नुपर्छ? लगायतका विषयमा स्वास्थ्यखबरले सम्यक डाइग्नोस्टिकका अध्यक्ष डा केयूर गौतमसँग कुराकानी गरेको छ। सोही कुराकानी हामीले यहाँ प्रस्तुत गरिएको छ।
यी विषयमा डा गौतमले दिएको जानकारी भिडियोमा:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।