काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार काठमाडौं मलमा सञ्चालन भईरहेका सैलुन, फेसियल हाउस, तथा ब्युटी पार्लरमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा कानुन विपरीत व्यवसाय तथा कारोबार गरेको भेटिएको भन्दै विभागले त्यस्ता सात वटा पसलहरुलाई जरिवाना पनि तिराएको छ।
मलभित्रका फेसियल हाउस, सैलुन तथा ब्युटी पार्लरहरुले व्यवसाय दर्ता बिनै सञ्चालन गरिरहेको, सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेको, बील बिजक जारी नगरी उपभोक्तालाई आर्थिक ठगी गर्दै आएको भन्दै विभागमा उजुरी परेको थियो।
उजुरीपछि विभागले मलभित्रका सबै सैलुन, ब्युटीपार्लर तथा फेसियल पसलमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा उनीहरुले खरीद बिक्री बिल जारी नगरेको, मुल्य अभिवृद्धि कर (भ्याट), स्थाथी लेखा नम्बर (पान) लगायत कागजात बिनै व्यवसाय सञ्चालन गरिरहेको तथा केही व्यक्तिले व्यवसाय दर्ता नगरीकनै सञ्चालन गरेको भेटिएको विभागले जनाएको छ।
उपभोक्ता हित संरक्षण ऐन२०७५ को दफा १५ बमोजिम बिक्रेताले बिक्री प्रयोजनका लागि खरीद गरेका वस्तु वा सेवाको खरीद बिल बिजक आफुसँग राख्नुपर्ने प्रावधान भएपनि त्यस्तै कुनैपनि कागजपत्र तथा बिलबिजक नभेटिएपनि कारबाही गरिएको विभागका शाखा अधिकृत दिपकराज पोखरेलले बताए। विभागले ९ वटा पसलमा अनुगमन गरेकोमा दुईटामा भने कुनै कैफियत नभेटिएको जनाएको छ।
रस्मिताज फेसियल हाउस एण्ड ब्युटी केयर- १० हजार रुपैयाँ जरिवाना
फेसियल हाउस- १० हजार रुपैयाँ जरिवाना
चुलेक्स ब्युटी सैलुन एण्ड स्कीन केयर- १० हजार रुपैयाँ जरिवाना
श्यामाज ब्युटीपार्लर- १० हजार रुपैयाँ जरिवाना
लक्ष्मी ब्युटी पार्लर एड सेभिङ- ५ हजार रुपैयाँ जरिवाना
क्युट ब्युटी हब स्पा- १० हजार रुपैयाँ जरिवाना
मिन्टेन स्कीन केयरलाई-१० हजार रुपैयाँ जरिवाना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।