• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रधानमन्त्री रोजगार कार्यक्रम : तलब-भत्तामै सकियो ७३ करोड, कति बेरोजगार भए सूचीकृत?

64x64
नेपाल लाइभ बुधबार, जेठ ८, २०७६  १३:५०
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १ गते 'प्रधानमन्त्री रोजगार कार्यक्रम' कार्यान्वयनमा ल्याएको घोषणा गरे। ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अवस्थालाई अन्त्य गर्ने लक्ष्य राख्दै स्वदेशमै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्ने सरकारले उद्देश्य राखेको छ।

त्यसका लागि सरकारले यसैवर्ष ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आर्थिक वर्ष सकिनै लाग्दा विनियोजित बजेट स्थानीय तहमा हस्तान्तरण भइसकेको छ। उक्त रकममध्ये स्थानीय तहले २ अर्ब ३६ करोड ७१ लाख ६९ हजार रुपैयाँ मात्रै पाएका छन्। 

बाँकी ७३ करोड २८ लाख ३१ हजार  रकम कहाँ गयो त?

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालका अनुसार सरकारले यसअघि नै आवश्यक उपकरण तथा कर्मचारी व्यवस्थापनका लागि भन्दै ४१ करोड स्थानीय तहलाई हस्तान्तरण गरिसकेको थियो। बाँकी करिब ३२ करोड प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा आवश्यक प्रविधि तथा उपकरण व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा तलबभत्ता लगायतमा खर्च भएको उनको भनाइ छ। ‘केही रकम बढी भएर बचेछ भने पनि त्यो रकम हामी कोषमा जम्मा गर्छौं,’ उनले भने। 

स्थानीय तहले कस्ता आयोजनामा खर्च गर्न पाउने? 
प्रत्येक स्थानीय तहले बेरोजगार युवाहरुलाई रोजगारी सिर्जनाका लागि सडक निर्माण तथा मर्मत, कृषि, ग्रामीण खानेपानी, शिक्षा, वन तथा जलधार संरक्षण, पर्यटन लगायत स्थानीय तहको आवश्यकता अनुसारका आयोजना निर्माण गर्नुपर्ने प्रावधान छ। जसका लागि ५ लाखभन्दा बढी लागत लाग्ने गरी एउटा आयोजना निर्माण गर्न सकिनेछ। आयोजनाहरुको कुल लागत कम्तीमा ७० प्रतिशतभन्दा बढी रकम श्रमिकहरुको ज्यालामा खर्च गर्नुपर्ने भनिएको छ। मन्त्रालयले पठाएको रकममध्ये १ प्रतिशत रकम मात्रै स्थानीय तहले आयोजनाको व्यवस्थापन खर्चका रुपमा प्रयोग गर्न पाउनेछन्। 

स्थानीय तहको भौगोलिक विकटता, गरिबीको स्तर, विकास निर्माण लगायत अन्य अवस्था, बेरोजगारहरुको संख्या तथा गाउँ र नगरपालिकाको प्राथमिकीकरण क्षेत्र हेरेर आयोजनालाई प्राथमिकता दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

हतारमै स्थानीय तहलाई हस्तान्तरण गरिएको रकममा अनियमितता हुन सक्ने भन्दै आशंका समेत बढ्न थालेको छ। 

तर, मन्त्रालयका उपसचिव भुसाल भने बैंक खातामार्फत श्रमिकहरुको पारिश्रमिक दिने व्यवस्था गरिएकाले रकम हिनामिना वा अनियमिताता नहुने दाबी गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

३० दिने रोजगार कहिले?
देशमा युवालाई रोजगारी दिने र नसकेको खण्डमा निर्वाहभत्ता उपलब्ध गराउने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो। सरकारले यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने गरी कार्यक्रमको कार्यविधि तयार गरे पनि फागुन १ गतेदेखि मात्रै यस कार्यक्रमको घोषणा भयो। कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्री ओलीले यो वर्ष प्रत्येक स्थानीय तहमा रोजगार संयोजक छनोट र बेरोजगार व्यक्तिको तथ्यांक संकलन गर्ने र आगामी साउन १ देखि बेरोजगारलाई रोजगारी दिने, रोजगारी दिन नसके भत्ता उपलब्ध गराउने उद्घोष गरे।

आर्थिक वर्ष सकिनै लाग्दा हतार-हतारमा सरकारले कार्यक्रम अन्तर्गत सूचीकृत भएका केही बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। जस अन्तर्गत एक आर्थिक वर्षमा बेरोजगार युवालाई सय दिनको रोजगारी दिने, रोजगारी दिन नसके सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको ५० दिनको निर्वाह भत्ता उपलब्ध गराउने उल्लेख छ।

बेरोजगार युवाहरुको तथ्यांक संकलन तथा रोजगारी व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहमा एकएक जना रोजगार संयोजक छनोट गरी नियुक्त गरिसकिएको छ। चैत १ देखि बेरोजगार युवाको सूचीकरण प्रक्रिया पनि सुरु भइसकेको छ। सूचीकृत बेरोजगारहरुलाई चालु आर्थिक वर्षमै ३० दिनको भए पनि रोजगारी दिलाउने भन्दै सरकारले स्थानीय तहलाई आवश्यक रकम हस्तान्तरण गरेको हो। सूचीकरण भइरहे पनि सरकारले यसैवर्ष दिने भनेको ३० दिने रोजगारी उपलब्ध गराउन सकेको छैन।

चैत १ देखि सुरु भएको सूचीकरणमा हालसम्म १० लाखजतिले फाराम भरेका उपसचिव भुसालले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसवर्ष सूचीकृत भएका बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउन नसकेको खण्डमा निर्वाह भत्ता भने उपलब्ध गराइनेछैन। आगामी वर्षदेखि मात्रै सय दिनको रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके ५० दिनको निर्वाह भत्ता ग्यारेन्टी गरिने उपसचिव भुसाल बताउँछन्। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ। अर्थात् दिनको ४ सय ४८ रुपैयाँ। 

एक महिनामा १ लाख ६ हजार बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उपसचिव भुसालले जानकारी दिए। ‘३० दिनको रोजगारी दिँदा १ लाख ६ हजार, १५ दिनको रोजगारी दिँदा २ लाख १२ हजार युवालाई रोजगारी उपलब्ध गराउने गरी हामीले कार्यविधि तयार पारेका छौं,’ उनले भने।  

यसैसँग सम्बन्धित रही सरकारले गत बैसाख २२ गते कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना कार्यविधि २०७६ अघि सारेको छ।

प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्