काठमाडौं- भाेजपुरमा मंगलबार प्रहरीको गाेली लागेर घाइते भएका नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ता तीर्थराज घिमिरेकाे मृत्युु भएको छ।
प्रहरीले नियन्त्रणमा लिन भोजपुरको ट्याम्के मैयुम गाँउपालिका- १ मा गोली प्रहार गरेका घिमिरेको धरानमा उपचारका क्रममा मृत्यु भएको हो।
विप्लव समूहका एक नेताका अनुसार घिमिरेलाई घरमा बसिरहेको बेला प्रहरी पुगेको र प्रहरीबाट तर्किन खोज्दा प्रहरीले एकतर्फी रुपमा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो।
उनको घुँडामा गोली लागेको थियो। कतिपय सञ्चारमाध्यममा भने दोहोरो भिडन्त भएको समचार प्रकाशित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।